7 years ago
August 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)-अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा अर्काे महिनाको अन्तिम सातादेखि आयोजना हुन लागेको यू–१८ महिला साफ च्याम्पियनसिपका लागि पहिलो चरणमा ३५ खेलाडी छनोट गरेको छ । एन्फाले जिल्ला कप छनोट र उपराष्ट्रपति कपमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेको जनाएको छ ।
खेलाडी छनोट मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ, सहायक प्रशिक्षक प्रकाश वैद्य र अस्मिता खवासले गरेका हुन् । ३५ खेलाडीले आइतबारबाटै प्रशिक्षण शुरुवात गरेको एन्फाले जनाएको छ । दोस्रो चरणमा ३० खेलाडी र अन्तिम चरणमा २३ सदस्यीय टिको घोषणा गरिने यु–१८ का मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले जानकाी गराए ।
साफ यु–१८ महिला च्याम्पियनसिप आगामी सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुनेछ । च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको छ । यसअघि सात टोलीले सहभागिता जनाउने बताइएपनि शनिबार मात्रै श्रीलंकाले साफबाट नाम फिर्ता लिएको थियो ।
च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र बङ्गलादेश खेल्नेछन् । त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल सेप्टम्बर २८ मा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले अक्टोबर २ मा बंगलादेशको सामना गर्नेछ ।
पहिलो चरणमा छानिएका खेलाडीहरु
गोलकिपरः अन्जना राना मगर, उषा नाथ, चेत माया जिसी, कविता राई
डिफेन्डरः पुजा राना, सामिक्षा घिमिरे, कोपिला धिमाल, पुनम पासवान, सपना मगर, रिता गजमेर, विमला विक
मिडफिल्डरः दिल कुमारी रानामगर, पवित्रा लिम्बु, छिरिङ लोप्चन, मनिषा राउत, अस्मिता वैद्य, मेनुका आलेमगर, सुस्मिता तामाङ, सरिता शेर्पा, सुहानी कुँवर, सरु लिम्बु, मञ्जली योन्जन, रजनी श्रेष्ठ, शुभद्रा खड्का
स्ट्राइकरः निर्मला उपाध्याय, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जिम्बा, सम्झना लावती, सावित्रा देवि मगर, सम्झना शर्मा
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]