default_image

7 years ago

August 19, 2018

सिटीको फराकिलो जित, अगुएरोको ह्याट्रिक

80 views

0 Bookmark

यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि फराकिलो जित हासिल गरेको छ । सर्जियो अगुएरोको ह्याट्रिकसँगै सिटीले घरेलु मैदानमा टाउनलाई ६–१ ले हराएको छ । सिटीका लागि गाब्रिएल जेसस र डेभिड सिल्भाले पनि गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो ।


सुरुवातबाट खेल नियन्त्रणमा राखेको सिटीका लागि अगुएरोले २५ औं मिनेटमा पहिलो गोल गरे । जेससले ३० औं मिनेटमा गोल गरे भने अगुएरोले ३५ औं मिनेटमा अर्को गोल गरे । टाउनका लागि ४३ औं मिनेटमा जोन गोरेन्क स्टान्कोभिकले गोल गरे ।

४८ औं मिनेटमा सिल्भाको गोलबाट सिटीले ४–१ को अग्रता बनायो । अगुएरोले ७५ औं मिनेटमा गोल गदै ह्याट्रिक पुरा गरे । ८४ औं मिनेटमा टाउनका टेरेन्से कोन्गोललेले आत्मघाती गोल गरेपनि सिटीको जित थप फराकिलो बनेको थियो । साविक विजेता समेत रहेको सिटीले सिजनको पहिलो खेलमा आर्सनललाई २–० ले हराएको थियो ।

वाटफोर्डको जित
बनर्ली – प्रिमियर लिगकै अर्को खेलमा वाटफोर्डले बनर्लीलाई ३–१ ले हराएको छ । वाटफोर्डको जितमा आन्द्रे ग्रे, ट्रोए डेनिइ र विल ह्युग्स ले गोल गरे । बर्निलका लागि घरेलु मैदानमा टर्कोक्सीले गोल फर्काएका थिए ।

खेलको तेस्रो मिनेटमा ग्रेको गोलबाट वाटफोर्डले अग्रता लिएपनि त्यसको तीन मिनेट नबित्दै बर्निलका लागि टर्कोक्सीले गोल फर्काएका थिए । पहिलो हाफ १–१ को बराबरीमा टुंगिएपनि ४८ औं मिनेटमा वाटफोडका लागि डेनिइले गोल गरे । त्यस्तै ५१ औं मिनेटमा ह्युग्सले गोल थपेका थिए ।

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

Success

Thank you for your time.