7 years ago
August 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली १८औं एसियाली खेलकुदको पुरुष फुटबलको समूह चरणबाट बाहिरिएको छ । समूहकै कमजोर मानिएको पाकिस्तानसँगको समूहको अन्तिम खेल २–१ ले गुमाएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
प्याट्रिओट चन्द्रभागा स्टेडियममा१२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएपनि नेपाली टोली त्यसलाई जोगउन असफ रह्यो । पाकिस्तानले दोस्रो हाफमा दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।
युनुस सहबाजको आत्मघाती गोलमा नेपालले अग्रता लिएको थियो । तर, ५४ औं मिनेटमा पाकिस्तानका लागि विलाल मोहम्मदले बराबरी गोल फर्काएका थिए । ७२ औं मिनेटमा हुसेन सद्दामले पेनाल्टीमा गोल गर्दै पाकिस्तानले जित हासिल गरेको थियो ।
समूह चरणको सुरुवाती दुई खेलमा नेपाल जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको थियो ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]
March 9, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको ब तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। यसअघि […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत क्याटगरी ‘सी’ का खेलाडी अनुबन्धनका लागि ड्राफ्ट सम्पन्न भएको छ । सहभागी सात टिमले ड्राफ्टबाट २७ खेलाडी टिममा भित्र्याएका छन् । पोखराले एक खेलाडी रिटेन गरेकोले उसले ड्राफ्टबाट मात्र ३ खेलाडी टिममा भित्र्यायो । बाँकी ६ टिमले समान ४-४ खेलाडीलाई आबद्ध गरेका छन् । […]