default_image

7 years ago

August 19, 2018

एसियाड फुटबलः नेपाललाई इतिहास रच्ने अवसर

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गतको पुरुष फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानको सामना गर्दैछ ।  नेपाल र पाकिस्तानबीचको खेल प्याट्रिओट चन्द्रभागा स्टेडियममा स्थानिय समयअनुसार ४ः४५ बजेपछि सुरु हुनेछ ।

समूह चरणको शुरुवाती दुई खेलमा जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई पराजित गर्दै समूहको उत्कृष्ट तेस्रो टोली बनेर अघि बढ्ने योजनामा हुनेछ । पाकिस्तानविरुद्धको खेल नेपालका लागि इतिहास बनाउने अवसर पनि हुनेछ । नेपालले एसियाडमा खेलेका कुनैपनि खेलमा अहिलेसम्म जित हात पार्न सकेको छ्रन ।

समूह चरणमा कमजोर देखिएको पाकिस्तानलाई पराजित गर्दै नेपाल इतिहास बनाउने लक्ष्यमा हुनेछ । पाकिस्तान समूह चरणका भियतनामसँग ३–० र जापानसँग ४–० ले पराजित भएको छ । त्यसैले समूहमा सबैभन्दा कमजोर देखिएको पाकिस्तानलाई हराउन सके नेपालले एसियाली खेलकुदमा इतिहास बनाउनेछ।

Nepal’s Bishal Rai,center, battles for the ball with Japan’s Kouta Watanabe,left, and Japan’s Koji Miyoshi,right, during their men’s soccer match at the 18th Asian Games at Wibawa Mukti Stadium in Cikarang ,Indonesia, Tuesday, Aug. 14, 2018. (AP Photo/Tatan Syuflana)

नेपालले एसियाडमा १७ खेलमा ६८ गोल खाँदा केवल १ गोल गर्न सकेको छ ।  नेपालले सन् १९८२ को एसियाली खेलकुदमा पहिलोपटक फुटबलमा प्रतिस्पर्धा गरेको थियो । भारतको नयाँ दिल्लीमा भएको प्रतिस्पर्धाले नेपालले समूह चरणका तीनै खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा कुवेतविरुद्ध वाइबी घलेले गोल गर्दै इतिहास बनाएका थिए । त्यसपछि नेपालले एसियाडमा गोल नै गर्न सकेको छैन । त्यसैले आज हुने पाकिस्तानविरुद्धको खेल नेपाली फुटबलको लागि नयाँ इतिहास बनाउने महत्वपूर्ण अवसर हुनेछ ।

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

Success

Thank you for your time.