7 years ago
August 19, 2018
म्याड्रिड (एजेन्सी) – ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार खेलाडी नेयमारलाई रियल मड्रिडमा अनुबन्ध गर्न रियल किर्तिमानी मुल्य तिर्न तयार रहेको खुलेको छ । स्टार खेलाडी नेयमारका लागि रियलले किर्तीमानी मुल्य २७० मिलियन पाउण्ड तिर्न तयार रहेको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताएका छन् ।
यदि रियलले उनलाई २७० मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गर्न सके उनीनै विश्वको सर्वाधिक महँगा खेलाडी बन्ने छन् । गत बर्ष बार्सिलोनाबाट पिएसजी जाँदा पिएसजीले किर्तिमानी मुल्य १९८ मिलियन पाउण्ड तिरेको थियो । उनीनै अहिले सम्मका विश्वका सर्वाधिक महँगा खेलाडीको सूचिको पहिलो नम्बरमा छन् ।
अहिले सम्म रियलले क्रिस्टियानो रोनाल्डोको स्थानमा अर्को खेलाडी अनुबन्ध गर्न सकेको छैन् । यसै सिजन रोनाल्डो ११२ मिलियन युरोमा इटालीयन क्लब युभेन्ट्स पुगेका थिए । रोनाल्डो युभेन्ट्स पुगेपछि रियलले उनको स्थानमा खेलाडी भित्र्याउने प्रयास गरिरहेको थियो । हाल सम्म उनको स्थानमा खेलाडी अनुबन्ध गर्न नसक्दा उनको स्थान ग्यारेथ बेलले लिने विश्वास गरिएको थियो । तर, युइएफए सुपर कपमा रियल एट्लेटिको मड्रिडसँग ४–२ ले पारजित भए पछि पुनः रोनाल्डोको स्थानमा एक स्टार खेलाडीको आवश्यकता महसुस भएको छ ।
यदि पिएसजीले रियलको प्रस्ताव स्वीकार गरे रियल नेयमारलाई अनुबन्ध गर्न तयार रहेको खुलेको हो । पिएसजी कतार राज्यको स्वामीत्वमा रहेको छ । जहाँ नेयमारलाई अनुबन्ध गर्न कतार स्पोर्टस् इनभेस्टमेन्टको प्रायोजनमा क्लबले बढि पैसा तिरेको खुले पछि अहिले युइएफएले अनुसन्धन गरिरहेको छ । गत बर्षनै पिएसजीले फ्रान्सेली स्टार केलियन एमबाप्पेलाई १६७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]