default_image

7 years ago

August 19, 2018

‘हाजार्ड युरोपकै उत्कृष्ट खेलाडी’

58 views

0 Bookmark

लन्डन (एजेन्सी) – बेल्जियम तथा चेल्सीका विंगर इडेन हाजार्डलाई चेल्सीका मुख्य प्रशिक्षक माउरिजिओ सार्रीले युरोपकै उत्कृष्ट खेलाडीमध्यका एक  भएको बताएका छन् । यदि उनले युरोपकै उत्कृष्ट खेलाडी बन्न चाहे उनी उत्कृष्ट खेलाडी बन्न सक्ने सार्रीले बताएका हुन् ।

hazard chelsea

‘हामी अब युरोपको सबै भन्दा उत्कृष्ट खेलाडी मध्य एकको बारे कुरा गर्दै छौ,’ सार्रीले भने, ‘तर, मेरो सुझावमा उनी अझै आफुलाई सुधार गर्न र पहिलो खेलाडी बन्न सक्ने छन् । यदि उनले आफ्नो दिमागमा निर्भर रहँदै उत्कृष्ट टेक्निक स्किल र उत्कृष्ट स्कोरमा ध्यान दिए ।’ हाजार्ड चेल्सीमा छ वर्षदेखि निरन्तर लयमा छन् । जो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न सकिने छ ।

हाजार्डले विश्वकपमा गरेको मजबुत प्रदर्शन यस सिजन प्रिमियर लिगमा पनि निरन्तरता दिने आशा गरिएको छ । २७ वर्षीय हाजार्ड चेल्सीमा आफ्नो प्रिमियर लगको सातौं सिजनको सुरुआत गर्दै छन् । उनले दुई पटक प्रिमियर लिग जितेका छन् । उनले रुस विश्वकपमा बेल्जियमलाई सेमिफाइनल सम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

रुस विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाएका उनले एक नयाँ चुनौतिका लागि तयार रहेको संकेत दिएका छन् । हाजार्डलाई रियलले पछ्याइ रहेको थियो । तर, उनी यो सिजन चेल्सीमै बस्ने बताएका छन् । उनको चेल्सीमा अझै दुई बर्षको सम्झौता बाँकी रहेको छ ।

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

Success

Thank you for your time.