default_image

7 years ago

August 19, 2018

भ्यालेन्सिया म्यानचेस्टर युनाइटेडको कप्तान नियुक्त

74 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रशिक्षक जोसे मोउरिन्होले म्यानचेस्टर युनाइटेडको कप्तानी एन्टोनियो भ्यालेन्सिया दिएका छन् । चोटबाट मैदान फर्केसँग उनले कप्तानी सम्हाल्नेछन् । यद्यपि उनी टिममा फर्कने मिति भने तोकिएको छैन् ।

भ्यालेन्सिया मैदानमा नफर्कीएसम्म युनाइटेडको कप्तानी पल पोग्बाले सम्हाल्ने प्रशिक्षक मोउरिन्होले जनाएका छन् । गत शुक्रबार लेस्टर सिटीसँग भएको खेलमा पोग्बाले युनाइटेडको कप्तानी सम्हालेका थिए । पोग्बाको कप्तानीमा रहेको युनाइटेडले लेस्टरलाई २–१ ले पराजित गरेको थियो ।

‘हामीले सोच्यौं, र मलाइ व्यक्तिगत रुपमा पनि पोग्बा अझै युवा छन् जस्तो लाग्छ  । उनी एक राम्रा खेलाडी र पहिलो रोजाइका खेलाडी हुन् । त्यसैले भविष्यमा उनीसँग कप्तान हुने गुण छ’, मोउरिन्होले भने, ‘आउने म्याचका लागि भ्यालेन्सिया मैदानमा आउने सम्भावना कम छ । त्यसैले यस खेलमा पनि पोग्बा कप्तान रहने छन् । तर, जब भ्यालेन्सिया मैदानमा फर्कनेछन् टिमको कप्तानी उनले नै सम्हाल्ने छन् ।’

३३ वर्षीय भ्यालेन्सिया नौ वर्षअघि विगन एथलेटिकबाट युनाइटेडमा अनुबन्धित भएका थिए । उनले युनाइटेडबाट प्रिमियर लिगका २३५ खेल खेलेका छन् । प्रिसिजनको खेल दौरान उनी चोट ग्रस्त भएका थिए ।

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

Success

Thank you for your time.