9 years ago
February 18, 2016
दिपक बोहरा, पाँचथर
दक्षिण एसीयाली खेलकुद महाकुम्भमा नेपालले सोचे अनुरुप प्रर्दशन गर्न सकेन । नेपालले तुलनात्मकरुपमा धेरै कम पदकमा मात्र चित बुझाउनु पर्यो । नेपालले जुडो , उसु र पुरुस फुटबलमा स्वर्ण पदक जित्यो । नेपालले जम्मा ६० पदक जित्यो जसमा ३ स्वर्ण २३ रजत र ३४ कास्य जित्यो । यो पदक तालीकालाइ हेर्दा नेपालको प्रर्दशन सन्तोषजनक रहेन । निकै कमजोर प्रर्दशन गर्यो । यसका विभिध कारणहरु छन ।
साग खेलकुदको दैरानमा निकै रोचकका दृष्यहरु देखिए । नेपालले साग खेलकुदमा धेरै विधामा सहभागी भयो तर नेपालमा थोरै खेलको मात्र चर्चा र बहस भयो । नेपाली मिडियाले सबै खेलको चर्चा सोचे अनुरुप गरेन्न् । भने कुनै खेलको चर्चा आवश्यक भन्दा बढि गरेको पाइयो । यसलाइ हेर्दा पनि मिडियाले पनि केहि बिभेद गरेको होकि भन्ने मेरो बुझाइ रहेको छ । फुटबलको सफलताले अरु खेलको सफलतालाई छाायामा पार्यो जुन दुखद पक्ष रहयो । हो फुटबलमा नेपालले २३ वर्ष पछि स्वर्ण जितेको हो । अनी आयोजक भारतलाई उस्कै मैदानमा हराएको हो । सम्मान गरीनु पर्दछ । यो कुरामा कुनै दुइमत नहोला ।
फुटबल टिमलाई तेत्रो सम्मान गर्दा उसुका खेलाडीहरु लाइ झापामा किन बिजोक बनाइयो ? फुपुलाह्मु खत्रि र निमा घर्तिको स्वर्ण किन छायाामा पारीयो ? के उनि हरुले दुखनै नगरी स्वर्ण हात पारेका हुन त ? कि फुटबल खेलाडिमात्र खेलाडि हुन ? के एकको सफलताले अर्को सफलतालाई बिर्सनु हुन्छ ?
मैले फुटबल खेलाडिहरुको सम्मान लाई बिरोध गरेको होइन । म सम्मान गर्छु , सलौट गर्छु तर मेरो सम्मान ति सबै खेलाडिहरुलाइ छ । जसले यो देशकोलागी खेलेका थिए । यो माटोकोलागी खेलेका थिए । तर अफसोच यहाा यसरी चर्चा गरीयो कि हामिले फुटबलमात्र जितेका छौ । के सम्मान जितेका लाई मात्र गर्ने हो ? पुरुस फुटबल लाई नगर घुमाएर यत्रो सम्मान हुदाा रजत जितेर आएका नेपाली महिला फुटबलको टिमको चर्चा नै भएन । के उनिहरुलाई चाहि हैसला बढाउनु पर्दैन ?
फुटबल टिमलाई रातारात हिरो बनाउदै गर्दा यहि देशको प्रतिनिधित्व गरेर गएका केहि खेलाडि बेखर्चि भएर बाटो बिजोक भएको समाचारहरु पनि सुन्नमा आयो । यो समाचार साचो हो भने उनिहरुलाई किन यस्तै गरीयो ? किन कसैलाई काखा र कसैलाइ पाखा गरीदैछ ? यहि फुटबल टिमले पनि खराब प्रर्दशन गरेको भए सायद यहि हबिगत हुने थियो होला । अनि रजत र कास्य जितेका खेलाडीहरुलाई त पुरै बिर्सिएको जस्तो गरीयो । जुन दुखद पक्ष हो । सबै खेलाडिहरु जित्नकै लागी खेलेका हुन्छन । खेलमा हार जित हुन्छ तर हार र जित लाइ आधार बनाएर कसैलाई काखा र कसैलाई पाखा गरीनु हुदैन ।
नेपाली खेलकुदमा एक अच्चमको संस्कार बिकास भएर आएको छ । जुन राम्रो संस्कार होइन । हामि कुनै खेल जितेर आयो भने बढि हल्ला गर्छौ । एयरर्पोटमा फुलमाला सहित जान्छै । तर हारेर आयो भने कुने वास्ता गर्दैनै । यो दुखद कुरा हो । यो संस्कार देख्दा यो पङतिकारलाई आसु आउछ । यो हाम्रो गलत मानशिकताको उपजहो । हमि यस्ता मानसिकताबाट मुत्त हुनु पर्छ । सबै खेलाडी यो देशको गहना हुन । सबै खेलाडि सम्मानयोग्य छन । सबैलाइ सम्मान गरीनु पर्दछ । अन्तमा सबै खेलाडिहरु प्रति सम्मान । सबै खेलाडीहरुलाइ सलौट
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]