default_image

7 years ago

August 19, 2018

आर्सनलमाथि चेल्सीको रोमाञ्चक जित

74 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनलमाथि रोमाञ्चक जित निकालेको छ ।  चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको लन्डन डर्बी भिडन्तमा चेल्सीले खार्सनलमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

 

चेल्सीको जितमा पेड्रो रोड्रिग्वेज, अल्भारो मोराटा र मार्काे एलोन्सोले गोल गरे । आर्सनला लागि हेनरिक मिखटारियन र एलेक्स इओवीले गोल गरे । घरेलु मैदानमा चेल्सीले खेलको नवौं मिनेटमा एलान्सोको उत्कृष्ट क्रसमा पेड्रोको गोलबाट अग्रता बनाएको थियो । २० औं मिनेटमा मा सेजरको पासमा मोराटाले अफ साइड बिटबाट गोल गर्दै चेल्सीले खेलमा २–० को अग्रता बनायो ।

२–० ले पछि परेपछि आर्सनल खेलमा फर्किएको थियो । चार मिनेटको अन्तरमा दुई गोल गर्दै आर्सनलले पहिलो हाफ २–२ गोको बराबरीमा ल्याएका थिए । हेनरिक मिखटारियनले ३७ औ मिनेटमा गोल गर्दै आर्सनललाई २–१ को स्थितिमा पु¥याएका थिए । मिखटारियनकै पासमा ४१ औ मिनेटमा एलेक्स इओबीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा मैदान छिरेका ८१ औ मिनेटमा मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितसँगै चेल्सीले दुई खेलबाट ६ अंक जोडेको छ । आर्सनलको भने यो लगातार दोस्रो हार हो । यसअघि आर्सनल पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

प्रिमियर लिगका अन्य खेलका नतिजा
कार्डिफविरुद्ध न्युकासल युनाइटेड (०–०)
एभर्टनविरुद्ध साउथह्याम्प्टन (–१)
लेस्टर सिटीविरुद्ध वुल्भ्स (–०)
टोटनह्यामविरुद्ध फुलह्याम (–१)
वेस्टह्यामविरुद्ध बोर्नामाउथ (१–)

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

Success

Thank you for your time.