7 years ago
August 18, 2018
गुइनग्याम्प (एजेन्सी) – स्टार खेलाडीद्धय नेयमार र केलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार दोस्रो जित निकालेको छ । गुइनग्याम्पको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १ गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को जित निकालेको हो ।
पीएसजीको जितमा युवा स्टार केलियन एमबाप्पेले दुई तथा नेयमारले एक गोल गरे । गुइनग्याम्पका नोलान रुक्सले एक गोल गरे । घरेलु मैदानमा गुइनग्याम्पको २० औं मिनेटमा नोलानको गोलबाट अग्रता बनाएको थियो । एक गोलले पछि परेपछि पीएसजीले आक्रमक फुटबल खेलेपनि गोल गर्न दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५३ औं मिनेटमा पीएसजीले पेनाल्टीमार्फत गोल गर्न सफल भएको थियो । नेयमारलाई डि–बक्समा लडाएपछि पीएसजीले पेनाल्टीको मौका पाएको थियो । जसलाई नेयमार आफैले गोलमा परिणत गरेका थिए । लिग वानको दोस्रो खेलमा नेयमारको यो दोस्रो गोल हो । यसअघि पहिलो खेलम पनि नेयमारले गोल गर्न सफल भएका थिए ।
त्यसपछि दृश्यमा विश्व विजेता फ्रान्सका एमबाप्पे आए । दोस्रो हाफमा टिमोथी वेहको स्थानमा मैदान छिरेका एमबमप्पेले ८२ औं मिनेटमा एन्जल डि मारियाको पासलाई गोलमा परिणत गरेपछि पीएसजीले खेलमा २–१ कोे अग्रता बनायो । ९० औं मिनेटमा नेयमारको पासलाई एमबाप्पेले गोलमा परिणत गर्दै टिमलाई ३–१ को सहज जित दिलाए ।
लगातार दोस्रो जितसँगै पिएसजी ६ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ ।
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]
March 8, 2025
हिमाल खरेल,बिर्तामोड इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टोली तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३-० ले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो । आयोजक टोलीले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल […]