9 years ago
February 18, 2016
हेटौंडा, ५ फागुन/ घरेलु टोली रिगल हेटौंडा रिसोर्ट एफसी हेटौंडाको चुनौती सेमिफाइनलमा पन्छाउादै नेपाल आर्मी क्लब कलर्स हेटौंडा प्रथम अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७२ को फाइनलमा प्रवेश गरेको छ ।
आर्मीले घरेलु टोलीलाई बुधबार २–० गोलअन्तरले पराजित गर्दै उपाधिका लागि विहीबार हुने लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी र पोखराको सफल क्लब सहारा क्लबबीच विजेतासाग शनिबार प्रतिस्पर्धा गर्ने भएको हो ।
आर्मीलाई फाइनल यात्रा तय गराउने क्रममा कप्तानसमेत रहेका गोलरक्षक विकास मल्लको म्यान अफ दी म्याच प्रदर्शनको विशेष साथ रहेको थियो । आर्मीका तर्फबाट २८ औं मिनेटमा टंक बस्नेत र ९७ औं मिनेटमा बालकृष्ण श्रेष्ठले गोल गरेका थिए ।आर्मीका सन्तोष तामाङले प्रहार गरेको कर्नर किकमा डीबक्सभित्र ‘अनमार्क’ अवस्थामा रहेका टंकले प्रहार गरेको पावरफुल सटले जाली चुमेसागै आर्मीले खेलमा अग्रता लिएको थियो । एक गोलले अगाडि बढेसागै आर्मी थप आक्रामकरुपमा प्रस्तुत भएपनि पहिलो हाफमा अग्रता दोब्बर बनाउन सकेन । श्रेष्ठले सन्तोषकै कर्नरमा हेडिङमार्फत् बललाई जालीको दिशा आर्मीका भरत खवास र सन्तोषले पहिलो हाफमा गरेका अधिकांश प्रहार घरेलु टोलीका गोलरक्षक अशोक बरालले बचाएका थिए । घरेलु टोलीको मुख्य डिफेन्स अफ्रिकी खेलाडी पिटर सेगुनको निगरानीमा रहेका कारण आर्मीका फरवार्डलाई खुलेर खेल्न हम्मे परेको थियो ।
आर्मीका फरवार्ड खवास ‘अनलक्की’ सावित भए । उनले ६५ औं मिनेटमा सिक्सयार्ड बक्सभित्रबाट गरेको हेडिङलाई घरेलु टोलीका गोलरक्षक बरालले उत्कृष्ट बचाउ गरेका थिए । खवासले नै ८० मिनेटमा पेनाल्टी एरियाबाट प्रहार गरेको सट्मा पनि गोलरक्षक नै बाधक भएका थिए । खवासले करिब आधा दर्जन सुनौलो मौका चुकाएका थिए । खवासले ३४ औं मिनेटमा पहेंलो कार्ड पाएका थिए । ७७ औं मिनेटमा घरेलु टोलीका अफ्रिकी खेलाडी एल्बिस एपिओ हेड गर्ने क्रममा नाकमा चोट लागेर अस्पताल लैजानु पर्ने गरी घाइते भएपछि हेटौंडा थप दबाबमा परेको थियो ।
अतिरिक्त समयमा घरेलु टोलीका बीके लामाले गरेको क्रसमा कर्ण लिम्बुले गरेको हेडिङ आर्मीका गोलरक्षक मल्लले मुस्किलले बचाएर टोलीको संकट टारेका जितपछि पोष्ट म्याच कन्फरेन्समा आर्मीका प्रशिक्षक मेघराज केसीले घरेलु टोलीले भन्दा बढी मौका प्राप्त गरेपनि स्कोर गर्न नसकेको बताए । ‘हाम्रा धेरै खेलाडी घाइतेहुादा हामीलाई समस्या परेको छ । जसले गर्दा हाम्रो स्तरअनुसार खेल भइरहेको छैन,’ केसीले घरेलु टोलीमा आबद्ध भएका खेलाडीहरु देशका विभिन्न क्लबका उत्कृष्ट खेलाडी भएकाले कमजोर नआाटिएको बताए । उनले आर्मीले फाइनलमा जित्ने गरी टोली तयार पार्ने बताए । उनले हाल साग स्वर्ण विजेता टोलीमा रहेका आफ्ना खेलाडीहरुलाई फाइनलमा सहभागी गराउन प्रयास गर्ने बताए । आर्मीका तर्फबाट सागमा चर्चित स्ट्राइकर नवयुग श्रेष्ठ र गोलरक्षक विकेश कुथुले भारतीय भूमिमा आफ्नो खेलकला प्रस्तुत गरेका थिए ।
घरेलु टोलीका प्रशिक्षक विजयलाल श्रेष्ठले प्राप्त मौकाको सदुपयोग गर्न नसक्दा खेलमा हार भएको बताए । उनले आफ्ना डिफेन्डर र फरवार्डले राम्रो खेलेपनि आर्मी बलियो टोली भएकाले नतिजा आफ्नो पक्षमा नआएको बताए ।
उनले घरेलु टोलीमा रहेका स्थानीय खेलाडीको खेलबाट आफू सन्तुष्ट रहेको बताए । हेटौंडा–१० स्थित बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा प्रतियोगिता जारी छ । वैशाख १२ को भूकम्पमा परी काठमाडौमा निधन भएका हेटौंडेली खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा भएको हो। शनिबारसम्म चल्ने प्रतियोगितामा आठ टिम सहभागी छन् । विजेताले नगद तीनलाख र उपविजेताले एकलाख ५० हजार रुपिया पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी, गोलकर्ता, मिडफिल्डर, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई नगदसहित पुरस्कृत प्रतियोगिता उद्घाटनमा बेलुनमा बााधेर उडाइएको खेलपत्रकार सुमन भोम्जनको तस्बिर फेला पारी आयोजकलाई शनिबारसम्म बुझाउनेलाई नगद ५ हजार पुरस्कार घोषणा गरिएको छ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]