7 years ago
August 18, 2018
टुरीन (एजेन्सी) – पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र जर्मनीका एम्रे च्यानको आगमनसँगै इटालीयन मिडफिल्डर क्लाउडिओ मार्चिसिओले युभेन्ट्स छोडेका छन् । उनले क्लबसँगको २५ बर्षीय आफ्नो यात्रालाई समाप्त गरेका हुन् । ३२ बर्षीय मार्चिसिओ र क्लब यस बिषयमा सहमत भएको खुलेको छ ।
युभेन्ट्सले आफ्नो वेबसाइटमा लेखेको छ, ‘त्यो कुरालाई पछ्याउनु मार्चिसिओका लागि राम्रो होला जो जर्सी उनी भविष्यमा लगाउन चाहन्छन् ।’ टुरीनमा हुर्केका खेलाडी मार्चिसिओले अप्रिल २०१६ मा आफ्नो खुट्टाको चोटको सामना गर्नु परेको थियो । त्यती बेला उनी छ महिना मैदान बाहिर बसेका थिए । उनले पछिल्लो सिजन युभेन्ट्सबाट २० खेल खेले ।
मार्चिसिओले आफ्नो ट्वीटमा तस्बीर सार्वजनीक गर्दै खेलेका छन्, ‘म यो तस्बीर हेर्न छोड्ने छैन् । किनकी यसमा एक व्यक्तीको आफ्नो फुटबल जिवनको बारेमा लेखेको छ । म यो जर्सीलाई यो कुराले माया गर्छु र मलाई विश्वास छ की रहरेक समय टिमको राम्रो पहिले आउने छ ।’
उनले कालो र सेतो जर्सी लगाउदै युभेन्ट्समा २५ बर्ष बिताए । उनी सात बर्षको छदा युटेन्ट्समा भित्रियका थिए । उनले हजारौ समर्थकका साथ २५ बर्ष एउटै जर्सी लगाएका थिए । मार्चिसिओको अनुबन्ध युभेन्ट्समा सन् २०२० सम्मरहेपनि टोलीमा स्थान नहुँदा उनले बिदा लिए ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]