7 years ago
August 17, 2018
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो टोलीमा हुनुको अर्थ इटालियन लिग उपाधि जित्ने पक्का हुन्छ भन्ने नभएको युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलिग्रीले बताएका छन् । ३३ वर्षे रोनाल्डो आश्चार्यजनक रुपमा यहि सिजन रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए ।
लिग सिजनको सुरुवातको क्रममा शनिबार किएभोविरुद्धको खेलमा पोर्चुगिज सुपरस्टार रोनाल्डो खेल्ने लगभग तय छ । रोनाल्डोको सरुवालाई सबैभन्दा महत्व दिएको युभेन्ट्सले जोआवो कानसेलो, इम्री चान, माटिया पिरिनलाई यहि सिजन भित्राएको थियो । रक्षक लियोनार्दो बोनुकी पनि क्लबमा फर्केका छन् । त्यस्तै डग्लस कोस्टा पनि बायर्नबाट स्थायी रुपमा क्लबमा फर्केका छन् ।
लिग उपाधि रक्षाको लक्ष्य सहित अघि बढ्ने युभेन्ट्सका प्रशिक्षक एलिग्रीले भने, ‘पहिलो खेलमा जहिले पनि नयाँपन रहन्छ । टिमले कसरी खेल्छ भन्ने उत्सुकता रहन्छ । रोनाल्डोले पाँच पटक बालोन डी ओर उपाधि जितिसकेका छन् । उनी पछिल्लो १० दिन अभ्यास गरेका छन् । उनीलाई तपाई फरक खेलाडीका रुपमा देख्न सक्नुहुन्छ । उनी साधारण खेलाडी होइनन् । अन्य खेलाडीका लागि उनी महत्वपूर्ण उत्प्रेरक खेलाडी हुन् ।’
प्रशिक्षक एलिग्रीले थपे , ‘रोनाल्डो हामीसँग छन् । त्यसको मतलब जित निश्चित छ भन्ने हुँदैन । उनले टोलीमा अतिरिक्त महत्व दिलाउँछन् । कागजमा हामी सिरिएको सबै भन्दा बलियो टोली हौं । तर, त्यहि नै पर्याप्त होइन । हामीले मैदानमा आफुलाई प्रमाणित गर्नुपर्ने हुन्छ । हामीले हरेक दिन आफुलार्ई प्रमाणित गर्दै जानुपर्दछ ।’
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]
March 8, 2025
हिमाल खरेल,बिर्तामोड इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टोली तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३-० ले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो । आयोजक टोलीले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल […]