default_image

7 years ago

August 17, 2018

सिटीका ब्रुएन तीन महिना मैदान बाहिर

75 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुएनचोटका कारण तीन महिना मैदान बाहिर रहने भएको छ ।


बुधबार प्रशिक्षण दौरान २७ वर्षे डि ब्रुएनको ले दायाँ घुडाँको लेटरल कोलेटरल लिगामेन्ट ९एलसिएल० मा चोट लागेको थियो । सिटीले एक विज्ञप्ति जारी गर्दै उनी तीन महिना मैदान बाहिर रहने पक्का गरेको छ ।

ब्रुएनले बिहिबार बार्सिलोनामा विशेषज्ञ डाक्टर रमोन कुगाटले परीक्षण गरेका थिए । उनको शल्यक्रिया भने गर्नु नपर्ने भएको छ । ‘ ब्रुएनको शल्यक्रिया गनु नपर्ने भएको छ । तर, उनी तीन महिना मैदान बाहिर रहनेछन् । हामीले तीन महिना उनी विना नै खेल्नुपर्नेछ ’ विज्ञप्तिमा उल्लेख छ ।

सिटी अघिल्लो सिजनको प्रिमियर लिग च्याम्पियन बन्दा ब्रुएन सिटीको वर्ष खेलाडी बनेका थिए । बेल्जियमलाई विश्व कपको सेमिफाइनलमा पु¥याउन ब्रुएनले उच्च प्रदर्शन गरेका थिए ।

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

Success

Thank you for your time.