default_image

7 years ago

August 17, 2018

युरोपा लिगमा पिटरसवर्गको कीर्तिमानी जित

63 views

0 Bookmark

पिटर्सवर्ग (एजेन्सी) – जेनिथ सेन्ट पिटरसबर्गले युरोपा लिगमा उत्कृष्ट पूनरागमन गर्दै डिनामो मिन्स्कमाथि कीर्तिमानी  जित निकालेको छ । पहिलो लेगमा ४–० ले पछि परेको पिटर्सवर्गले दोस्रो लेगमा ८–१ को सानदार जित निकाल्दै युरोपा लिगको छनोटको तेस्रो राउन्डमा समग्रमा ८–५ को जित निकाल्दै ३३ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।

यसअघि ३३ वर्षअघि १९८५ को युइएफए कपमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बोरुसिय मोन्चेगालबाचसाग ५–१ ले पछि परेको अवस्था उल्ट्याएर दोस्रो चरणमा प्रवेश गरेको थियो । रियल अवे गोलको आधारमा अघि बढेको थियो ।
पहिलो लेगमा चार गोलले पछि परेको अवस्थामा दोस्रो लेगमा उत्रिएको पिटरसबर्गले गोलको वर्षा नै ग¥यो । पहिलो हाफमा १–० गोलले अघि रहेको पिटरसबर्गले दोस्रो हाफ र थप गरिएको अतिरिक्त समयमा ७ गोल गर्न सफल भयो । पिटरसबर्गले खेलको २२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो ।

पिटरसबर्गका लागि आर्टिम ज्युबाले ह्याट्रिक गोल गरे । उनले खेलको ७५, ७८ र ११५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै, पिटरसबर्गले ६६ र १०९ औं मिनेटमा गोल गरेको थियो भने थप गरिएको अतिरिक्त समयको अन्तिम समयमा २ गोल गर्न सफल भएको थियो । यता, डिनामोले भने खेलको ९९औं मिनेटमा एक गोल मात्र फर्काउन सफल भएको थियो ।
जेनिथ ७२ औं मिनेटमा तथा मिन्स्क अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । जेनिथले अब मोल्डेसँग प्रतिस्पर्धा गर्नेछ ।

March 9, 2025

लिभरपुलको अर्को जित

एजेन्सी – लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे । विलियमले […]

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

March 8, 2025

पथरी ११ पाँचथर गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]

Success

Thank you for your time.