default_image

7 years ago

August 16, 2018

एसियाड फुटबलमा नेपालको लगातार दोस्रो हार

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-नेपालले इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो हार बेहोरेको छ । बिहिबार भियतनामसँग २–० ले पराजित भएसँगै नेपाल समूह चरणमा लगातार दोस्रो हार बेहारेको हो । नेपाल यसअघि आफ्नो पहिला खेलमा जापानसँग १–० ले पराजित भएको थियो ।

इन्डोनेसियाको विभाहा मुक्ति स्टेडियममा बिहिबार भएको खेलमा नेपाल खेलको ३४ औं मिनेटमा पछि परेको थियो । भियतनामका गुयन डकले गोल गरेपछि भियतनामा पहिलो हाफमा १–० ले अघि ढेको थियो । ६४ औं मिनेटमा फान भान डकले गोल गर्दै भियतनामको अग्रता दोब्बर पारेका थियो ।

भियतनामविरुद्धको खेलमा नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले भियतनामका सम्भावित गोललाई बचाएका थिए । नेपालले पनि भियतनामविरुद्ध गोलका केही मौकालाई सदुपयोग गर्न सकेन । सुमन लामा, कमल श्रेष्ठ र ८८ औं मिनेटमा रोहित चन्दको प्रहारले गोलको दिशा लिन सकेन ।

नेपालमाथिको जितसँगै भियतनाम एक खेल अगावै एसियाड फुटबलको प्रि–क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । भियतनामले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ३–० को सहज जित निकालेको थियो । बिहिबारै जापानले पाकिस्तानलाई ४–० ले पराजित गर्दै प्रि–क्वार्टर फाइनलमा पुग्न सफल भएको छ । जापानको जितमा इवासाकी युटोले दुई तथा हाटाटी रिउ र माइडा डाइजेनले गोल गरे ।

अब समूह चरणको अन्तिम खेलमा जापान र भियतनाम तथा नेपाल र पाकिस्तानबीच खेल हुनेछ । जापान र भियतनामबीचको विजेता समूह विजेताको रुपमा अघि बढ्नेछ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई हराउन सके नेपालको अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । समूहको तेस्रो टोली बन्न सके त्यसपछि अघिल्लो चरणको सम्भावना रहन्छ । ६ समूहबाट ४ वटा उत्कृष्ट तेस्रो टोली अन्तिम १६ मा प्रवेश गर्नेछ ।

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

March 9, 2025

च्यासल र वीरगञ्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]

Success

Thank you for your time.