7 years ago
August 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)-नेपाल दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । नेपाल उपाधिको दावेदार भारतसँग २–१ ले पराजित भएको हो । चाम्लिङथाङ रंगशालामा बिहिबार भएको खेलमा नेपालले भारतविरुद्ध उच्च प्रदर्शन गरेपनि जित निकाल्न सकेन ।
भारतको जितमा लेन्डा कोम र क्रिटिना देवीले गोल गरिन् । नेपालकी रजनी थोकरले एक गोल फर्काइन् । प्रतिस्पर्धात्मक बनेको खेलको ३० औं मिनेटमा लेन्डाको गोलबाट भारतले खेलमा अग्रता बनाएको थियो । त्यसको ७ मिनेटपछि रजनी थोकरले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ७५ औं मिनेटमा क्रिटिनाले गोल गरेपछि भारत खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल भारतसँग २–१ ले पराजित हुन पुग्यो । भारतले उपाधिका लागि १८ अगस्टमा बंगलादेश र भुटानबीचको विजेता सँग खेल्नेछ । अब नेपालले तेस्रो स्थानको लागि बंगलादेश र भुटानबीचको पराजित हुने टिमसँग १८ अगस्टमा खेल्नेछ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]