default_image

6 years ago

August 16, 2018

रोनाल्डोको प्रस्थानले रियलको लय रोकिँदैन – रामोस

85 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल मड्रिडका डिफेन्डर तथा कप्तान सर्जिओ रामोसले रोनाल्डो बिना मैदानमा उत्रने रियलको जितलाई कुनै असर नपर्ने बताएका छन् ।

यसै सिजन रियलबाट युभेन्ट्स पुगेका रोनाल्डोको अभाव रियलको जितमा नखड्कने कप्तान रामोसले बताएका हुन् । रियलमा नौं बर्ष बिताएका रोनाल्डो ११२ मिलियन युरोमा युभेन्ट्समा अनुबन्ध भएका थिए । अहिले सम्म रियलले रोनाल्डोको स्थानमा कुनै खोलाडी अनुबन्ध गर्न सकेका छैन् । नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइले टिमका लागि महत्वपुर्ण भुमिका ग्यारेथ बेलले निभाउने आशा गरेका छन् ।

रोनाल्डोले युभेन्ट्समा आफ्नो पहिलो खेलमा एक गोल गर्दै सुखद शुरुवात गरेका छन् । रियलले बुधबार युइएफए सुपर कपमा एटलेटिको मयाड्रिडको सामना गर्दा बेल र  बेन्जेमाले आक्रमणमा राम्रो प्रदर्शन गरे ।  रियलले २ गोल गरेपनि डिफेन्समा कमजोरी हुँदा खेलमा रियल पराजित भएको थियो । रोनाल्डोको अनुपस्थितिमा रामोस आफैंले पेनाल्टीमा गोल गरेका थिए ।

January 27, 2025

प्याराडाइज राइजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री, चितवन पुनरागमन जित निकाल्दै प्याराडाइज युथ क्लब मिन्नानो राइजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा सोमवार गैंडाकोट फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै प्याराडाइज अन्तिम चरणमा पुगेको हो।त्यस अघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने गैंडाकोटले लिएको थियो […]

January 27, 2025

मच्छिन्द्रलाई सडन डेथमा हराउँदै संकटमा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- मच्छिन्द्र क्लबलाई सडन डेथमा हराउँदै संकटा क्लब सभापति कप फुटबल प्रतियोगिताको प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको टाइब्रेकरमा ४-४ को बराबरी पछि सडन डेथमा संकटाले बाजी मारेको थियो। समग्रमा संकटा ८–७ को रोमाञ्चक जित निकाल्न सफल रहेको थियो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

January 27, 2025

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई टाइ-ब्रेकरमा २-१ ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। पुलिसको जितमा गोल किपर उषा नाथ नायक बनिन्। उनले आर्मीको ३ पेनाल्टी प्रहार रोक्दा एक गोल गरिन्। एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो क्वालिफायरमा दुवै टिमसँग जितको विकल्प थिएन। त्यसैले दुवै टिम […]

Success

Thank you for your time.