7 years ago
August 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु आज हुदैछ । भुटानको राजधानी थिम्पुमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले उपाधिको दावेदार भारतको सामना गर्नेछ ।
खेल चाम्लिङथाङ रंगशालमा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । उपाधिको दावेदार भारतलाई पराजित गर्दै नेपाल पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ । तर, साविकको उपविजेता भारतलाई पराजित गर्न नेपालाई कठिन हुनेछ । भारत अघिल्लो संस्करणमा बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।
भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउदा नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा अघि बढेको हो । नेपालले समूह चरणमा पाकिस्तानलाई ४–० ले पराजित गर्दा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३–० ले पराजित भएको थियो । यता, भारतले समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १२–० को तथा आयोजक भुटानलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो ।
बिहिबारै दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले आयोजक भुटानको सामना गर्नेछ । खेल चाम्लिङथाङ रंगशालामा साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । बंगलादेश समूह ‘बी’ को विजेता तथा भुटान समूह ‘ए’ का उपविजेता हो । समूह चरणका बंगलादेशले श्रीलंकालाई १४–० ले तथा नेपाललाई ३–० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थन बनाउन सफल भएको थियो । यता भुटानले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ६–० ले पराजित गर्दा भारतसँग १–० ले पराजित भएको थियो ।
फाइनल १८ अगस्टमा हुनेछ प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा समूह बी को बिजेता बंगलादेशले समूह ए को उपबिजेता भुटानसंग खेल्ने छ ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]