7 years ago
August 15, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यान्चेस्टर युनाइटेडले आफ्ना गोलकिपर डेविड डे हेयासँग नयाँ सम्झौता गर्ने भएको छ । युनाइटेडसँगको नयाँ सम्झौतामा पत्रमा गोलकिपर डेविडले हस्ताक्षर गर्ने क्लब विश्वस्त रहेका बताइएको छ ।
स्पेनको राष्ट्रिय टोलीबाट खेल्दै आएका २७ बर्षीय डेभिडको युनाइटेडसँगको सम्झौता २०१९ मा सकिदै छ । उनलाई युनाइटेडसँग अन्य सिजनका लागि समेत सम्झौता लम्ब्याउन सक्ने मौका रहेको छ । गत सिजन रियल मड्रिड डेविडलाई भित्र्याउन उसका प्रतिनिधिसँग वार्ता गर्न उत्साहित थियो । सन् २०१५ देखी रियल उनलाई अनुबन्ध गर्न चाहेको खुल्दै आएको थियो । तर, रियलले ३५ मिलियन पाउण्डमा चेल्सीबाट थिवाउट कोउर्टोसलाई भित्र्यायो ।
उनी सन् २०११ मा एटलेटिको मड्रिडबाट १८.९ मिलियन पाउण्डमा युनाइटेड भित्रिएका थिए । उनलाई सर एलेक्स फर्गुसनले अदभुत क्षमता भएको खेलाडीको उपमा दिएका थिए । प्रिमियर लिगमा युनाइटेडलाई उपविजेता बनाउँदै आफ्नो प्रभावकारी प्रदर्शनका साथ उनी व्यावसायिक फुटबलरहरुको टिमको वर्ष खेलाडीमा समेत परेका थिए ।
विश्वकप २०१८ मा उनले राम्रो प्रदर्शन गर्न सकेनन् र आलोचनाका सिकार बन्न पुगे । जहाँ स्पेनकोे पहिलो खेलमा रोनाल्डोले तीन गोल गर्दै खेल ३–३ को बराबरी गरेका थिए । उनले यस सिजनको प्रिमियर लिगमा आफ्नो पहिलो खेलमा लेस्टर सिटी विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडलाई २–१ ले जित दिलाउन सफल भएका छन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]