default_image

7 years ago

August 15, 2018

युइएफएको उत्कृष्ट गोल उपाधिमा रोनाल्डोको दावेदारी

71 views

0 Bookmark

लुसी र एमब्लेटनसँग भिड्दै
लन्डन (एजेन्सी) – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोल युइएफए सिजनको उत्कृष्ट गोलमा मनोनित भएको छ । उनीसँगै इंग्लयान्डका फुटबलरद्वय लुसी ब्रोन्ज र इलिओट एमब्लेटनको गोल पनि मनोनित भएको छ ।

गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पूर्व रियल मड्रिड खेलाडी रोनाल्डोले आफ्नो टाउकाने माथिको बललाई खुट्टाले प्रहार गर्दै गोल गरेका थिए । जहाँ रोनाल्डोले अहिलेको आफ्नो नयाँ क्लब युभेन्ट्सविरुद्ध उक्त गोल गरेका थिए । रोनाल्डोको सोहि गोल युइएफए सिजनको उत्कृष्ट गोलमा मनोनित भएको छ ।

त्यस्तै लुसीले म्यान्चेस्टर सिटीविरुद्ध भएको खेलमा लियोनका लागि भलि प्रहार गरेकी थिइन् । एमब्लेटनले युरोपेली यू–१९ च्याम्पियनसिपमा टर्कीविरुद्ध समूह चरणमा उत्कृष्ट गोल गरे । पछिल्लो १२ महिनामा युइएफए प्रतियोगिताको ११ गोलबाट छनोट भएका हुन् । जहाँ एक गोल टोटनह्याम तथा डेनमार्कका प्लेमेकर क्रिस्टियन एरिक्सनले विश्वपकपको प्ले–अफमा आयरल्यान्डविरुद्ध गरेको गोल पनि समावेश थियो ।

रोनाल्डोको गोल च्याम्पियन्स लिगको फाइनलमा भएको लिभरपुलसँगको खेलमा रियल फरवार्ड ग्यारेथ बेलको शानदार ओभरहेड गोल भन्दा अगाडी रहेर छनोट भएको थियो ।

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

Success

Thank you for your time.