default_image

7 years ago

August 14, 2018

‘किरणको कप्तानी खेल’ -विमल

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबल पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग नेपाली यु–२३ फुटबल टोली १-० ले पराजित भयो। खेललाई जापानले आफ्नो नियनत्रणमा राखेपनि जापानी फरवार्डले नेपालको बलियो रक्षापङ्ति तोड्न भने सकेन।

Bimal Gharti Magar

खेलपछि हाम्रोखेलकुदसँग बोल्दै राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तिमगरले जापानसँगको नतिजाले नेपाललाई अन्य खेलहरुमा सहयोग गर्ने बताए। ‘आजको खेलमा सबैले मेहेनत गर्यौँ। एसियाली पावर हाउस जापानसँग खेल्दाको अनुभव राम्रो भयो। आजको नतिजाले अन्य खेलहरुमा राम्रो खेल्न प्रेरित गर्नेछ’, विमलले भने।

त्यस्तै खेलमा नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए । विमलले किरणको प्रदर्शनबारे बोल्दै भने, ‘किरण दाइको प्रदर्शन उत्कृष्ट रह्यो। कप्तानी भूमिकामा रहेको खेलाडीले राम्रो खेल्दा हामीलाई अझ हौसला मिल्यो।’

समुह ‘डी’ रहेको नेपालले दोस्रो खेलमा नेपालले भियतनामसँग १६ अगष्टमा खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ अगस्टमा पाकिस्तानको सामना गर्नेछ ।

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.