default_image

9 years ago

February 17, 2016

स्वर्ण विजेता नेपाली टोलीलाई आज नगर परिक्रमा गराइदै

111 views

0 Bookmark

काठमाडौं, फागुन ५

१२औं साग फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टिम आज स्वदेश फर्कदै छ ।

Gold

पदक विजेता नेपाली खेलाडीलाई  नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गराइनेछ । सेनाले खेलाडीको नगर परिक्रमाको लागि पाँचवटा गाडी उपलव्ध गराउने छ ।

खेलाडीलाई एयरपोर्ट, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भऽकाली, सुन्धारा, जुद्ध शालिक, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी संग्रहालय गेट, महेन्द्र शालिक, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वर स्थित दशरथ रंगशाला पुर्‍याइने कार्यक्रम रहेको छ ।

रंगशालामा खेलाडीको सम्मान गर्ने कार्यक्रम रहेको छ ।

२३ वर्षपछि पदक जितेर फर्किएका खेलाडी तथा पदाधिकारीहरु आज  दिउँसो ३ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने छन् ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.