default_image

7 years ago

August 14, 2018

रियलका डिफेन्डरले सुपर कप गुमाउने

83 views

0 Bookmark

म्यदिर्द (एजेन्सी) – युईएफा सुपर कप अन्तर्गत एटलेटिको म्याड्रिडविरुद्ध बुधबार हुने खेलमा रियल म्याड्रिडका डिफेन्डर अल्भारो ओड्रीओजोला अनुपस्थित हुने भएका छन् । यसै सिजन रियल म्याड्रिड आएका उनले सामने चोट बोकेका कारण छनोटका लागि उपलब्ध नहुने भएका हुन् ।

रियल सोसीडाडबाट रियल भित्रिएका डिफेन्डर अल्भारोले प्रतिस्पर्धात्मक डेब्युका लागि अझै केहि समय कुर्नुपर्ने भएको छ । गत सिजनको च्याम्पियन्स लिग र युरोप लिग विजेता टोलीबीच हुने खेल यसपटक इस्टोनियाको टाल्लिन सहरमा हुँदैछ । रियलका नवनियुक्त प्रशिक्षक जुलेन लोपेटेगुईले पनि यसैखेल मार्फत आफ्नो औपचारिक सुरुआत गर्दैछन् ।

रियल म्याड्रिडले खेलको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै राइट ब्याक अल्भारोको दायाँ खुट्टामा समन्य चोट लागेका कारण खेल्न नसक्ने बताएको छ । यद्यपी उनले त्यसपछिका खेलमा भने छनोटका लागि उपलब्ध हुने सम्भावना बढी छ । अल्भारो रुसमा सम्पन्न विश्वकपका लागि स्पेनको राष्ट्रिय टोलीमा छनोट भएका थिए । उनले उमेर समूहमा पनि स्पेनको राष्ट्रिय टोलीका लागि खेल्दै आएका छन् ।

एटलेटिकोले पनि बुधबारको खेलका लागि इस्टोनिया जाने टोलीको छनोट गरिसकेको छ । यसै ट्रान्सफर विन्डोमा म्याड्रिड आएका थोमस लेमार, रोड्रीगो, निकोला कालिनिच, जेल्सन मार्टिन्स र सान्टियागो अरियास सबै टोलीमा अटाएका छन् । यसबाहेक स्टार खेलाडी एन्टोइन ग्रिज्मन लगायत पनि टोलीमा रहेका छन् ।

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

Success

Thank you for your time.