default_image

7 years ago

August 14, 2018

केइटा लोनमा इन्टर पुगे

87 views

0 Bookmark

सानसिरो (एजेन्सी) – फ्रेन्च लिग वान क्लब एस मोनाकोका स्ट्राइकर केइटा बाल्डे लोनमा इटालियन महारथी इन्टर मिलानमा अनुबन्धित भएका छन् । मिलानले केइटालाई सोमबार राति सार्वजनिक गरेको हो ।

एक वर्षका लागि लोनमा मिलान पुगेका केइटा अर्काे वर्ष मिलानको स्थायी खेलाडी हुन सक्नेछन् । उनलाई मिलानले ४२ मिलियन पाउन्डमा लामो समयका लाागि अनुबन्ध गर्ने बुझिएकोे छ ।

उनी अघिल्लो सिजन मात्रै इटालियन क्लब लाजियोबाट २६ मिलियन पाउन्डमा मोनाको पुगेका थिए । केइटा यो सिजनमा मिलानमा भित्रिनै आठौं खेलाडी हुन् । समर ट्रान्सफरमा सक्रिय बनेको मिलानले यसअघि राड्जा नाइङगोलान, सिमे भर्साल्को, स्टेफान डि भिरिज, माटियो पोलिटानो, क्वाडो आसमोह, लौटारो मार्टिनेज र फेडरिको डिमार्काे जस्ता युवा खेलाडीहरुलाई अनुबन्ध गरेको छ ।

सेनेगलका २३ वर्षीय केइटाले गत सिजन मोनाकोका लागि ३३ खेल खेल्दै ८ गोल गर्न सफल भएका थिए । लिग वानमा उच्च प्रदर्शन गरेका उनी सेनेगलको राष्ट्रिय टिममा पर्न सफल भएका थिए । लिग वान क्लब मोनाकोले आफ्नो आधिकारिक वेभसाइटमा केइटालाई ‘वेस्ट अफ लक’ लेख्दै शुभकामना दिएको छ ।

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

Success

Thank you for your time.