7 years ago
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिता नेपालले आज एसियाली पावर हाउस जापानको सामना गर्दैछ । नेपाली यु–२३ र जापानको यु–२१ टोलीबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।
एसियन गेम्सको औपचारिक उद्घाटन आउदो शनिबारबाट हुने भएपनि फुटबल लगायतका केही खेलहरु छिट्टै सुरु भएको हो ।
थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेलेर नेपाली टोली एसियाडका लागि इन्डोनेसिया पुगेको हो । नेपालले थाइल्यान्डमा खेलेको दुवै अभ्यास खेलमा पराजय भोगेको थियो ।
यस्तोमा नेपाली टोली बलियो जापानविरुद्ध संयमित भएर खेल्दै अंक खोस्ने योजनामा हुनेछ । तर, जापानविरुद्धको खेल नेपालको लागि त्यति सहज हुनेछैन । किनभने नेपालले एसियाडमा जापानसँग अहिलेसम्म तीन पटक प्रतिस्पर्धा गर्दा तीन खेलमा हार बेहोरेको छ ।
सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्स रर सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग समान ५–० ले पराजित भएको थियो । सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल ४–० ले पराजित भएको थियो । यही विगत भुल्ने प्रयासमा नेपाल हुनेछ । यता जापान आफ्नो इतिहासलाई कायम राख्दै अघि बढ्ने योजनामा हुनेछ ।
नेपाली टोलीको कप्तानी सिनियर राष्ट्रिय टिमका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले गर्नेछन् । ओलम्पिक नियमअनुसार यु–२३ टोलीमा तीन जना सिनियर खेलाडी राख्न पाउने प्रावधान छ । त्यसैअनुसार एन्फाले किरण चेम्जोङ, रोहित चन्द र विशाल राईलाई टिममा समावेश गरेको छ ।
समुह ‘डी’ रहेको नेपालले दोस्रो खेलमा नेपालले भियतनामसँग १६ अगष्टमा खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ अगस्टमा पाकिस्तानको सामना गर्नेछ ।
एसियाड नेपाली टोली
१. अभिषेक रिजाल
२.आदित्य चौधरी
३. एलेन न्यौपाने
४. अनन्त तामाङ
५. अन्जन विष्ट
६. विमल घर्तीमगर
७. बिशाल राई
८. दिनेश राजवंशी
९. गौरव बुढाथोकी
१०. हेमन गुरुङ
११.हेमन्त थापामगर
१२. कमल श्रेष्ठ
१३. किरण चेम्जोङ (कप्तान)
१४. रोहित चन्द
१५. सोजित गुरुङ
१६. सुमन अर्याल
१७. सुमन लामा
१८. सुनिल बल
१९. तेज तामाङ
२०. छिरिङ गुरुङ
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]