7 years ago
August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)-उपाधिको दावेदार भारत भुटानको थिम्पुमा जारी साफ यु–१५ महिला फुटबल च्यामिपयनसिपको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार चाम्लिङथाङ रंगशालामा भएको समूह ‘ए’ को समूह चरणको अन्तिम खेलमा आयोजक भुटानलाई १–० ले पराजित गर्दै भारत समूह विजेताको रुपमा सेमिफाइलमा पुग्न सफल भएको हो ।
भारतसाग पराजित भएपनि आयोजक भुटान समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको खेलमा भारतकी कप्तान सिल्की देवीले ५७ औं मिनेटमा गरेको गोल नै भारतको जितमा निर्णायक बन्यो ।
यसअघि समूह चरणको पहिलो खेलमा भारतले श्रीलंकामाथि १४–० को तथा भुटानले पनि श्रीलंकालाई ६–० ले पराजित गर्न सफल हुदै अन्तिम खेल अगावै सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । अब भारतले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता तथा भुटानले समूह ‘बी’ को विजेता सँग ३१ साउनमा खेल्नेछ । आजै समूह विजेता बन्न नेपाल र बंगलादेशबीच साँझा ६ः४५ बजे खेल हुदैछ । दुवै टोली सेमिफाइनलमा पुग्न सफल भैसकेको छ ।
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]