default_image

7 years ago

August 13, 2018

रियल म्याड्रिडलाई खुशी हुने ५ कारण

63 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस महारथी रियल म्याड्रिडबाट स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बाहिरिसँगै क्लब संकटमा पर्ने आँकलन चौतर्फी रुपमा रहँदै आएको छ । तर स्पेनिस टोली उनको अनुपस्थितिमा पनि राम्रो प्रदर्शन गर्न सक्ने क्षमता राख्छ । रियलका समर्थक निम्नलिखित कारणले आफ्नो टोली सफल भएको अपेक्षा गर्न सक्छन् :

१) बेल-बेन्जिमा कनेक्सन :

रुसमा सम्पन्न विश्वकप नखेलेकाले दुवै खेलाडी रियल म्याड्रिडको पक्षबाट हेर्ने हो भने खुशीको कुरा हो। जुलाई १८ बाट दुबैले ट्रेनिङ सुरु गरेका छन् र नयाँ प्रशिक्षक जुलेन लोपेटेगुईसंग युईएफए सुपर कप सुरुहुने समयसम्म मा २९ दिनदेखि काम गरिरहेका हुनेछन्। क्रिस्टियानो रोनाल्डो टोलीमा रहुन्जेल उनको साथ निभाउने भूमिकामा देखिने गरेका दुवै खेलाडी अब भने आफ्नो प्राकृतिक खेल देखाउन सक्नेछन्।

२) अहिले गोलको समस्या छैन :

रियल म्याड्रिडले प्रि-सिजनको ४ खेलमा ९ गोल गर्न सफल रह्यो। म्यानचेस्टर युनाईटेड, युभेन्टस, रोम र मिलान जस्ता बिपक्षीको बिरुद्धमा यो ठुलो संख्या हो। रोनाल्डोको अनुपस्थितिमा गोल कसले गर्छ भन्ने प्रश्नको जवाफ रियलले सायद पाएको छ। प्रि-सिजनमा रियलका लागि बेल र एसेन्सियोले समान ३-३, बेन्जिमाले २ र मयोरलले १ गोल गरेका थिए। अट्याकिंग हाफको पूर्वानुमान गर्न यो धेरै छिटो समयभएपनि रियलको लागि पक्कै पनि खुशीको कुरा हो।

३) मजबुत बेन्च :

अघिल्लो सिजन जिनेदिन जिदानेको लागि बेन्चमा रहेका र प्रतिस्थापन भएका खेलाडीले धेरै फल दिन सकेनन्। सब्स्टिच्युट खेलाडीले सोचे अनुरुप खेल प्रदर्शन नगर्दा उनीहरुको र पहिलो ११ मा परेका खेलाडीहरुको लेभल फरक देखियो। नाचो, ओड्रीओजोला, ल्लोरेन्ट, नाभास वा कोर्तुआ र भिनिकस सबैले यसपटक जुलेन लोपेटेगुईको प्रतिस्थापनको चालमा सहयोग पुर्याउने छन्।

Benzema

२) सुरुआती अग्रता :

यसपटकको प्रि-सिजनको अन्तिम दुई खेलमा रोमा र मिलान बिरुद्ध म्याड्रिड पहिलो दुई मिनेटमा नै अग्रता लिन सफल भएको थियो। अघिल्लो सिजन जिदानेले आफ्ना खेलाडीलाई सुरुवात देखिनै अग्रसर हुन आदेश दिएपनि त्यस्तो हुन सकेको थिएन। यस सिजनभने लोपेटेगुईको प्रशिक्षणमा रियलले सुरुवाती गोल गर्न सफल भएको छ।

१) लयमा रहेका खेलाडी :

रियलमा रहेका खेलाडीको शारीरिक बिकाश भैरहेको छ। बर्न्बाउ ट्रफीमा उदाहरणका लागि कार्भाजल एक उत्कृस्ट खेलाडी थिए। अन्य खेलाडी र टोनी क्रुस समेत सोहि उदाहरणमा पर्दछन् ।

luka modric

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेशन्स महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रङ्गशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित रहन […]

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

Success

Thank you for your time.