7 years ago
August 13, 2018
मोरक्को (एजेन्सी) – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले ला लिगा प्रतिद्धन्द्धी सेभिल्लालाई २–१ ले पराजित गर्दै ३२ औं संस्करणको स्पेनिस सुपरकपको उपाधि जितेको हो ।
बार्सिलोनालाई १३ औं पटक सुपरकप च्याम्पियन बनाउन जेरार्ड पिके र औसमाने डेम्बेलेले गोल गरे । सेभिल्लाका लागि पाब्लो सारावियाले गोल गरे । बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । खेलको नवौ मिनेटमा पाब्लो साराबियाले गोल गरेपछि बार्सिलोना खेलमा पछि परेको थियो । तर, बार्सिलोनाले त्यसपछि खेलमा पूनरागमन ग¥यो । ४२ औं मिनेटमा जेरार्ड पिकेले बराबरी गोल फर्काए । ७८ औं मिनेटमा औसमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।
खेलको इन्जुरी समयमा सेभिल्ला पेनाल्टीमा चकेपछि बार्सिलोनाले खेल २–१ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भए । इन्जुरी समयमा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले एलेक्स भिडाललाई लाएपछि सेभिल्लाले पेनाल्टीको मौका पाएको थियो । विसाम विन यडरको पेनाल्टी प्रहार बचाउदै गोलरक्षक स्टेगनले आफुले गरेको गल्तीलाई कुनै गल्ती हुन दिएन ।
बार्सिलोनाको यो सिजनको पहिलो उपाधि हो । गतवर्ष बार्सिलोनाले स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो । यस्तै बार्सिलोना स्पेनिस सुपरकप जित्ने सर्वाधिक जित्ने टोली बनेको छ । २२ पटक फाइनल पुगेको बार्सिलोनाको यो १३ औं उपाधि हो । गतवर्ष बार्सिलोना रियल मड्रिडसँग ५–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।
स्पेनिस फुटबल फेडेरेसनले ला लिगा च्याम्पियन र कोपा डेल रे च्याम्पियन टोलीबीच सुपरकपको आयोजना गर्ने गर्दछ ।
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]