7 years ago
August 12, 2018
लन्डन (एजेन्सी)- यो सिजन खेलाडी अनुबन्धमा सबैभन्दा सक्रिय बनेको इंग्लिस क्लब लिभरपुलले प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ ।घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडमाथि आइतबार ४–० को सानदार जित निकालेको हो ।
लिभरपुलको प्रभावशाली जितमा साडियो मानेले दुई तथा मोहम्मद सलाह र ड्यानियल स्टुरिजले समान एक गोल गरे । एनफिल्डमा एकपक्षीय बनेको खेलमा लिभरपुलले १९ औं मिनेटमासलाहको गोलबाट अग्रता बनाएको थियो । रोबर्टसनको पासलाई सलाहले कुनै गल्ती गरेनन् ।
पहिलो हाफको इन्जुरी समयमा मानेले जेम्स मिल्नरको पासमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–० को आरामदायी अग्रता बनायो । ५३ औं मिनेटमा मानेले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दा खेलमा लिभरपुल ३–० ले अघि बढ्यो । यसपटक मानेले रोबर्टो फिर्मिनोको पासमा गोल गर्न सफल भए ।
८८ औं मिनेटमा वैकल्पिक खेलाडी ड्यानियल स्टुरिजले गोल गर्दै लिभरपुललाई ४–० को फराकिलो जित दिलाए । ड्यानियल मैदान छिरेको एक मिनेट पनि नबित्दै गोल गर्न सफल भएका हुन् । उनी सलाहको स्थानमा मैदान छिरेका थिए ।
खेलभर लिभरपुलले वेस्टह्याममाथि दवाव सिर्जना गरेको थियो । वेस्टह्यामले भने कुनैपनि समय लिभरपुलको पोस्टमा आक्रमण बुन्न सकेन । प्रिमियर लिगको अर्को खेलमा आइतबार बर्नली र साउथह्याम्टनले गोलरहित बराबरी खेलेका छन् ।
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]