default_image

7 years ago

August 13, 2018

प्रिमियर लिग गोल्डेन बुटका ५ दावेदार

89 views

0 Bookmark

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले लेसस्टर सिटिमाथि २–१ को कठिन जित दर्ता गरेसंगै यस सिजनको प्रिमियर लिगको सरुवात भएको छ । पछिल्लो बर्षको विजेता म्यानचेस्टर सिटी उपाधि रक्षाको दाउमा रहँदा यसअघिको सिजन गोल्डेन बुट जितेका मोहम्मद सलाहपनि सो उपाधि रक्षा गर्ने दाउमा रहनेछन् ।

इंग्ल्याण्डका ह्यारी केनलाई पछि छाड्दै सलाहले पछिल्लो सिजनमा ३२ गोल गरेका थिए । व्यक्तिगत पाटोमा प्रिमियर लिगको गोल्डेन बुट जित्ने होडमा केहि नाम रहेका छन् । यस सिजनमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटको दाबेदार बन्न सक्ने ५ खेलाडीको नाम यहाँ उल्लेख गरिएको छ ।

५. रोमेलु लुकाकु (म्यानचेस्टर युनाइटेड)
एभर्टनबाट म्यानचेस्टर युनाइटेडमा आएका बेल्जियमका स्ट्राइकर लुकाकुले अन्तिम सिजन सबै प्रतियोगितामा गरेर २७ गोल गरेका थिए । जसमध्ये १७ गोल भने प्रिमियर लिगमा गरेका थिए । अघिल्लो सिजन केहि आलोचनामा आएका लुकाकुलाई यस सिजन भने आफ्नो महत्व देखाउने मौका रहेको छ । बेल्जियमका स्टार लुकाकु बल हेड गर्न र क्रसको सदुपयोग गर्न माहिर छन् ।

४. सर्जियो अगुएरो (म्यानचेस्टर सिटी)
अर्जेन्टिनाको टोलीले विश्वकपमा अन्तिम १६ मा फ्रान्स विरुद्ध हार बेहोर्दा त्यस टोलीको सदस्य रहेका अगुएरो म्यानचेस्टर सिटिका सर्वाधिक गोलकर्ता हुन् । खराब विश्वकप प्रदर्शनका कारण आलोचना खेपिरहेका अगुएरोलाई प्रिमियर लिगबाट प्रमाणित गर्ने मौका रहेको छ । यद्दपी सिटिको जर्सीमा उत्रिनसाथ अगुएरो फरक खेलाडी बन्छन् । प्लेमेकरको भूमिका र गोलकर्ताको भूमिकामा देखिन अगुएरोलाई रोक्न धेरै कठिन हुन्छ । विभिन्न तरिकाबाट गोल गर्न सक्ने अगुएरोको सबैभन्दा ठूलो क्षमतानै उनको फिनिसिङ शैली हो । उनको डिफेन्डरलाई छकाउने शैलीको सबैले तारिफ गर्छन् । प्रिमियर लिगको गोल्डेन बुटमा रेसमा त्यसैले पनि अगुएरो एक बलिया प्रतिस्पर्धी हुन् ।

३. पिएरे इमेरिक औबामेयाङ (आर्सनल)
आर्सेनलको टोलीका नयाँ सदस्य पिएरेबाट यसपटक धेरैले ठूलो आशा राखेका छन्। आफ्नो अट्याकिङ पंक्ति सुधार गर्न आर्सेनलले पिएरेलाई ल्याएको थियो र पहिलो केहि खेलमा नै उनले आफ्नो भूमिका निभ्याउन भ्याए। आफ्ना साथी खेलाडीसंग मिलेर मुभ बनाउन चतुर पिएरे, आफैं गोल गर्न र अवसर सिर्जना गर्न समेत चलाख छन् । १३ खेलमा १० गोल गरेका पिएरेको खेल शैली प्रिमियर लिगसंग मिल्दो जुल्दो समेत रहेको छ । बोरुसिया डोर्टमण्डबाट आर्सेनल आएका पिएरे, मेसट ओजिल र हेन्रिख म्ख्त्रियनको साथमा आर्सनेलको अट्याक सम्हाल्न तयार छन् ।

Salah Liverpool

२. मोहम्मद सलाह (लिभरपुल)
एएस रोमाबाट लिभरपुल आएका मोहम्मद सलाहले पछिल्लो सिजनको प्रिमियर लिगमा आफ्नो छाप छोड्न सफल भए । उनको गोल गर्ने तरिका उनले बनाएका अवसरको सबैले प्रशंसा गर्ने गर्छन। लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याउन समेत सलाहको ठूलो हात रहेको थियो । अट्याक बनाउँदा सलाहको गति, कला र ड्रीब्लिङ धेरै पटक विपक्षिलाई जवाफविहिन बनाउन पुग्छ। उनको खुट्टामा रहेको जादुरुपी मुभ सायद धेरै बिपक्षिले बुझ्न सक्दैनन् । अन्तिम सिजन ३२ गोल गर्दै इजिप्टका स्टार सलाहले गोल्डेन बुट आफ्नो नाम गरेका थिए। टोलीमा साकिरी र केइटाजस्ता खेलाडीको आगमनले सलाहको काम अझ सजिलो बनेको छ ।

१. ह्यारी केन (टोटेनह्याम)

प्रिमियर लिगकै उत्कृष्ट स्ट्राइकर मध्येका एक ह्यारी केनले अन्तिम केहि बर्ष यता प्राप्त गरेको लयलाई कायम राख्नेमा धेरै समर्थक विश्वस्त छन् । पुरानो शैलीका ९ नम्बर खेलाडी केनले बक्स भित्रबाट गोल गर्ने क्षमता राख्दछन् । केनसँग सलाहको जस्तो ड्रिब्लिङ क्षमता छैन र डिएगो कोस्टाको जस्तो अल राउण्ड प्रदर्शन गर्ने खुबी समेत छैन तर गोल गर्ने उनको क्षमतामा भने कसैले प्रश्न उठाउन उचित हुन्न। हावामा भएको बलमा केनले देखाउने नियन्त्रण उत्कृष्ट छ । एरिक्सन, अली र सन ह्युङ मिनको सहयोगमा केनले उत्कृष्ट प्रदर्शन गर्नेमा दुई मत छैन ।

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

Success

Thank you for your time.