default_image

7 years ago

August 12, 2018

एभर्टन नवप्रवेशी वल्भरह्याम्टनसँग बराबरीमा रोकियो

53 views

0 Bookmark

मोनिनेक्स (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन नव प्रवेशी क्लब वल्भरह्याम्टन वन्डरर्ससँग बराबरीमा रोकिएको छ । वल्भरह्याम्टनको घरेलु मैदानमा भएको भएको खेलमा १० खेलाडीमा समेटिएको एभर्टनले दुईपटक अग्रता लिएर पनि वल्भरह्याम्टनसँग २–२ गोलको बराबरीमा रोकिन पुगेको हो ।

एभर्टनका लागि दुवै गोल रिचार्लीसनले गरे । उनले एभर्टनको डेब्यु खेलमा नै दुई गोल गर्न सफल भएका हुन् । वल्भरह्याम्पटनका रुवेन नेभेस र राहुल जिमिनेजले गोल गरे । १७ औं मिनेटमा रिचार्लीसनको गोलबाट एभर्टनले खेलमा अग्रता बनाएको थियो ।

४० औं मिनेटमा फिल जगिल्का सिधै रातो कार्ड खादै मैदान बाहिरिएपछि एभर्टन १० खेलाडीमा समेटिएको थियो । ४४ औं मिनेटमा रुवेन नेभेसले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ६७ औं मिनेटमा रिचार्लीसनले गोल गरेपछि एभर्टन फेरि २–१ ले अघि बढेको थियो । तर, ८० औं मिनेटमा वल्भरका जेमिनेजले गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो ।

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

Success

Thank you for your time.