default_image

7 years ago

August 12, 2018

एक्लै क्लबलाई हाँक्न सक्ने ५ खेलाडी

72 views

0 Bookmark

लन्डन (एजेन्सी) – शुक्रबारबाट सुरु भएको प्रिमियर लिगलाई यो बर्ष कस्ले जित्ला भन्ने आंकलन गर्न थालिएको छ । यतिमात्र हैन क्लबहरुले पनि आफ्नो टिमलाई बलियो बनाउन थुप्रै खेलाडी किनबेच समेत गरे । आफूले चाहे अनुरुपको टिम बनाउने आशामा धेरैले मोटो रकम खर्चे । प्राय प्रिमियर लिग टिमको भाग्य एक खेलाडीमा निर्भर हुन सक्छ । प्रस्तुत छ प्रिमियर लिगका ६ खेलाडी जसले आफ्नो क्लबका लागि अदभुत प्रदर्शन गर्न सक्ने क्षमता राख्छन् ।

६. रयान सेसेग्नन– फुल्हाम
फुल्हामले यस सिजन रयान सेसेग्ननलाई आफ्नो टिममा राख्नु उसका लागि सबै भन्दा राम्रो हुने छ । १८ बर्षीय विंगर सेसेग्नन क्लबका शिर्ष गोलकर्ता हुन । यदि फुल्हाम यस सिजनमा रहन चाहन्छ भने उसका लागि सेसेग्नन महत्वपुर्ण हुने छन् । प्रिमियर लिगका लागि फुल्हाम नयाँ टोली हो । ट्रान्सफर विन्डोमा कीर्तिमानी रकम खर्चेको टोलीमा स्तरीय खेलाडीको आगमनले टोली बलियो भएको छ ।

५.केभिन डे ब्रुयन– म्यानचेस्टर सिटी
पास मास्टरको उपनाले चिनिने केभिन डे ब्रुयन यो सिजन प्रिमियर लिगको महत्वपुर्ण खेलाडीको रुपमा हेरिएको छ । उनले पछिल्लो लिगमा सबैभन्दा धेरै असिस्ट उपलब्ध गराए । उनी गत सिजन इतिहाद रंगशालाका उत्कृष्ट खेलाडी थिए । अप्ठेरो स्थीतिमा पास मिलाउनु र लामो दुरीबाट गोल गर्न सक्ने क्षमता भएका डे ब्रुयन यस सिजन कुनै पनि टिमका लागि खतरा हुन सक्छन् ।

De Bryune

४. विलफ्रेड जाहा– क्रिष्टल प्यालेस
डिफेन्डरको हकमा विलफ्रेड जाहालाई रोक्नका लागि एक व्यक्तिले मात्र पुग्दैन । किनकी उनको गति यस्तो छ की कुनै समयमा पनि जुनसुकै खेलाडीलाई पछि पार्न सक्छन् । पछिल्लो बर्षमा जस्तै प्यालेसको अस्तित्व जाहामा निरर्भर रहेको पाईन्छ । २५ बर्षीय जाहाले क्रिष्टल प्यालेसमा प्रिमियर लिगका चार सिजन बिताएका छन् ।

२. इडेन हाजार्ड– चेल्सी
नवनियुक्त चेल्सी प्रशिक्षक माउरिजिओ सार्रीसँग पहिलेनै इडेन हाजार्डको नाम शिर्ष ११ को पहिलो स्थानमा छ । केल्जियम मिडफिल्डर हाजार्ड जस्तोसुकै अवस्थामा पनि खेल बदल्न सक्ने क्षमता राख्छन् । एक सिधा र शक्तिशाली रनर हाजार्ड आफ्नो प्रतिद्वन्द्वी विरुद्ध जुनसुकै अवस्थामा पनि समस्या निम्त्याउन सक्छन् । उनी विश्वकपको उच्च प्रदर्शनबाट अझै लयमा देखिएका छन् ।

hazard chelsea

१. मोहमद सलाह– लिभरपुल
पछिल्लो बर्षको प्रिमियर लिगका स्टार खेलाडी हुन मोहमद सलाह । यस सिजनलाई चुनौति दिन सलाहले आफ्नो अविश्वसनीय प्रदर्शलाई पुनः जिवित गर्नु पर्ने देखिन्छ । लिभरपुलले यस सिजनमा आफ्नो टिमलाई मजबुत बनाएको छ । तैपनि सलाह लिभरपुलका मुख्य खेलाडी  हुन । उनले पछिल्लो सिजनमा गरेको ३२ गोल भन्दा पनि राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ ।

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

Success

Thank you for your time.