7 years ago
August 11, 2018
लन्डन (एजेन्सी)– लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जितसहित प्रिमियर लिगको सुखद शुरुवात गरेको छ । चेल्सीले प्रिमियर लिगमा बढुवा भएको हडर्सफिल्डमाथि ३–० को सानदार जित निकालेको हो ।
चेल्सीको जितमा एङ्गोलो कान्टे, जर्जिन्हो र पेड्रो रोड्रिग्वेजले गोलग गरे । हडर्सफिल्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३५ औं मिनेटमा कान्टेको गोलबाट अग्रता बनाएको थियो । कान्टेले विलियनको पासलाई सदुपयोग गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा यसै सिजन चेल्सीमा आएका जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाएका थिए ।
अलन्सोलाई डि–बक्समा लडाएपछि चेल्सीले पेनाल्टीको मौका पाएका थिए । जसमा जर्जिन्हो चुकेनन् । त्यसपछि पनि पटक–पटक पोस्ट आक्रमण बुनेपनि अर्काे गोल थप्न ८० औं मिनेट कुर्नुपरेको थियो । ८० औं मिनेटमा इडेन हाजार्डको पासमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए ।
लिगका अन्य खेलका नतिजाहरु
१. बोर्नामाउथविरुद्ध कार्डिफ सिटी (२–०)
३. फुलह्यामविरुद्ध क्रिस्टल प्यालेस (०–२)
५. वाटफोर्डविरुद्ध ब्रिङटोन एन्ड अल्वियोन(२–०)
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]