default_image

7 years ago

August 11, 2018

यू १५ महिला साफ च्याम्पियनसिप : पहिलो जितबाटै नेपाल सेमिफाइनलमा

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १५ महिला टोली भुटानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक पहिलो खेलमा आज पाकिस्तानलाई ४–० लाई हराएसँगै अन्तिम चारको यात्रा तय गरेको छ ।

नेपाली यू १५ महिला फुटबल टोली ।

यो नतिजापछि समूहको अर्को टोली बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो । नेपाल र बंगलादेशबीच हुने खेलको नतिजाले समूह विजेता उपविजेताको टुंगो लगाउने छ । दुवै खेल हारेपछि पाकिस्तान प्रतियोगिताबाट बाहिरएको छ ।

पहिलो हाफमा २–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा अर्को २ गोल थपेको थियो । अनुष्का शेर्पाले आठौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता लिएको थियो । सविता राना मगरले १४ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारेकी थिइन् । दोस्रो हाफमा सविता र रजनी थोकरले गोल थपेका थिए ।

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

Success

Thank you for your time.