default_image

7 years ago

August 11, 2018

प्रिमियर लिगमा टोटनह्यामको विजयी सुरुवात

59 views

0 Bookmark

सेन्ट जेम्सपार्क (एजेन्सी)- टोटनह्याम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । टोनटह्यामले न्युक्यासल युनाइटेडलाई घरेलु मैदानमा २–१ ले निराश पार्दै विजयी सुरुवात गरेको हो । टोनह्यामको जितमा जान भेर्टाेङहेन र डेले अलीले गोल गरे ।

न्यु क्यासलका जोसेलुले एक गोल फर्काए । सेन्ट जेम्सपार्कमा भएको खेलमा टोटनह्यामले जान भेर्टाेङहेनको आठौं मिनेटमा गरेको गोलबाट अग्रता बनाएको थियो । डेभिसन साञ्चेजको पासमा भेर्टाेङहेनले गोल गर्न सफल भएको थियो ।

तर, टोटनह्यामको त्यो अग्रता तीन मिनेट पनि टिक्न सकेन । ११ औं मिनेटमा जोसेलुले हेडमार्फत गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । माट रिचीको पासमा जोसेलुको हेडर टोटनह्यामका गोलरक्षक ह्युगो लोरिसले रोक्ने कुनै मौका पाएनन् । १८ औं मिनेटमा अलीले गोल थपेपछि टोटनह्यामले खेलमा २–१ को अग्रता बनायो ।

सर्जी औरियरको पासलाई डेल अलीले हेडमार्फत गोल गर्न सफल भएका थिए । प्रिमियर लिगको पहिलो खेलमा शुक्रबार म्यानचेस्टर युनाइटेडले पनि लेस्टर सिटीमाथि २–१ को जित दर्ता गरेको थियो ।

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

Success

Thank you for your time.