default_image

7 years ago

August 11, 2018

मोड्रिचले लाइक गरे पेरिसिचको पोस्ट

47 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – क्रोएसियाका साथी खेलाडी पेरिसिचको सामाजिक संजालको पोस्ट लाइक गरेर लुका मोड्रिचले इन्टर मिलानसंगको प्रयासमा इच्छुक रहेको मनसाय देखाएका छन् । अन्तिम ५ बर्षमा ४ पटक च्याम्पियन्स लिग जितिसकेको रियल म्याड्रिडका मुख्य खेलाडी रहेका मोड्रिचलाई टोलीमा भित्र्याउन इन्टर मिलान कसरतमा रहेको छ ।

luka modric

रुसमा सम्पन्न विश्वकपमा उपविजेता बनेको क्रोएसियाका लागि ३२ वर्षे मिडफिल्डर मोड्रिचले गोल्डेन बल जितेका थिए। रियल म्याड्रिडको अभ्यासमा फर्कीसकेका मोड्रिचलाई आफ्नै टोलीमा राख्न रियलका प्रशिक्षक समेत इच्छुक रहेका छन् ।

इन्टरले यस सिजनको खेलाडी ट्रान्सफर विन्डोबाट क्रोएसियाका सिमे भस्र्लजेकोलाई टोलीमा लिइसकेको छ । पेरिसिचले ट्वीटरमा भस्र्लजेकोलाई स्वागत गर्न #WhoIsMissing ह्याजट्याग प्रयोग गरेर तस्बिर पोस्ट गरेका थिए। सो पोस्टमा पेरिसिचले मोड्रिचलाई ट्याग गरेका थिए।

रियलले यो सिजनको सुरुवात अघि नै सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई गुमाइसकेको छ । पाँच पटकको बेलोन डी ओर बिजेता रोनाल्डो ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्ट्समा जोडिएका थिए ।

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

Success

Thank you for your time.