default_image

7 years ago

August 11, 2018

टोटेनह्यामले तेस्रो जर्सी सार्वजनिक गर्यो

74 views

0 Bookmark

लन्डन (एजेन्सी)– टोटेनह्यामले नयाँ सिजन २०१८/१९ का लागि तेस्रो किट सार्वजनिक गरेको छ । प्रिमियर लिगमा शनिबार न्युक्यासलविरुद्ध हुने खेलमा टोलीले तेस्रो जर्सी प्रयोग गर्ने भएको छ । उक्त जर्सीमा उत्तर लन्डनको नक्सा प्रिन्ट गरिएको छ । यो किट टोलीले बढी जस्तो युरोपियन खेलमा प्रयोग गर्ने बताइएको छ ।

मारिसियो पोचिन्टोको टोलीले च्याम्पियन्स लिगका खेलमा यो जर्सीको बढी प्रयोग गर्नेछ । यद्दपी घरेलु फुटबलका केहि खेलमा पनि टोलीले यो जर्सी प्रयोग गर्नेछ । स्पर्सले होम र अवे किट्स अगस्टमै सार्वजनिक गरेको थियो । ह्यारी केन, डेले अली जस्ता टोलीका स्टार खेलाडीले किटको प्रमोसन गरेका छन् । टोलीलाई एआईए इन्स्युरेन्ट कम्पनीले प्रायोजन गरेको छ ।

टोटेनह्यामले न्यु क्यासलसँग शनिबार जेम्सपार्कमा प्रतिस्पर्धा गर्दै नयाँ सिजनको सुरुवात गर्नेछ । ट्रान्सफर विन्डोमा टोलीले यसपटक कुनै खेलाडी भित्राएको छैन । टोलीले घरेलु मैदानमा अर्को शनिबार फुलहामसँग प्रतिस्पर्धा गर्नेछ । त्यो खेल वेम्लीमा हुनेछ । ६२ हजार दर्शक क्षमताको टोलीको रंगशाला पुरा हुने क्रममा रहेको छ । आफ्नै मैदानमा टोलीले सेप्टेम्बर १५ मा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

Success

Thank you for your time.