7 years ago
August 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सय दिन पनि पुरा नहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिको काम कारवाही छानबिन गर्न र कारवाही गर्न माग गरिएको छ । एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवलाई पाँच बुँदे ज्ञापनपत्र मार्फत छानविन र कारवाहीको माग गरेका हुन् ।
वैशाख २२ गते भएको एन्फा निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिए पनि कुँवरले पछि निर्वाचन बहिष्कार गरेका थिए । उनको प्यानलबाट उम्मेदवारी दिएका गणेश चन्दबाहेक अन्यले भने माग लिएका थिए । कार्यसमितिको चयन प्रक्रियादेखि पछिल्लो तीन महिनामा एन्फाले लिएको निर्णयप्रति दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले असन्तुष्टी व्यक्त गरेका छन् ।
विभिन्न व्यक्तिलाई डर त्रास देखाउँदै र धेरैलाई प्रलोभनमा पनि निर्वाचन गरेको आरोप लगाउँदै कुँवरले एन्फाको नेतृत्व फुटबल विकास भन्दा पनि व्यक्तिगत अभिष्ट पुरा गर्न लागेको उल्लेख गरेका छन् । उनले विना रेलिगेसनको लिग गरे फुटबललाई धारासायी बनाउन लागेको, विदेशी नागरिक नवीन पाण्डेलाई देशको प्रतिनिधित्व गर्दै फिफा कंग्रेसमा सहभागिता गराएको, विश्व कप फुटबलका लागि फिफाबाट प्राप्त २ सय ५० टिकट विक्रीमा पारदर्शिता नअपनाएको आरोप लगाएका छन् ।
त्यस्तै कार्यसमिति निर्वाचन भएको ३ महिना नबित्दै विशेष साधारण सभाबाट विधान संसोधन गरि एन्फामाथि कब्जाको प्रयास गर्न लागिएको आशंका गर्दै कुँवरले विधान विपरित मानार्थ वरिष्ठ उपाध्यक्ष नियुक्त गरेको, मन्त्रालय र राखेपको प्रदेश सम्बन्धि कुनै नियम नआउँदा एन्फाले मनोमानी प्रदेश संरचनामा जान लागमा उनले आपत्ती गरेका छन् । ज्ञापन पत्रमा एन्फाले जिल्लाको अधिकार खोस्न खोजेको पनि कुँवरको आरोप रहेको छ ।
एन्फा प्रवक्ता किरण राईले भने कुँवरको ज्ञापन पत्र अर्थहिन भएको बताएका छन् । उनले लिगका विषयमा सहभागी क्लब, फिफा एएफसीको सहमति लिइसकेको र चार वर्षदेखि स्थगित लिगलाई सञ्चालनमा ल्याउन एक पटक विना रेलिगेसनको लिग गर्न लागिएको बताए । उनले भने, ‘हामीलाई पनि विना रेलिगेसनको लिग गर्ने इच्छा होइन । तर, फुटबलको माहोल सुरु गर्न विना रेलिगेसनको लिग गर्न बाध्य भएका छौं । यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसमा हामी सचेत छौं ।’
राईले नवीन पाण्डे विदेशी नागरिक नभई गैर आवासिय नेपाली भएको प्रष्ट पार्दै संविधानले दिएको अधिकार अनुसार उनलाई जिम्मेवारी दिएको बताए । एन्फाको वैशाख कार्यसमितिले उनलाई एन्फाको अन्तर्राष्ट्रिय विभाग प्रमुख र सल्लाहकार नियुक्त गरेको उल्लेख गर्दै राईले भने, ‘फिफामा प्रतिनिधिका रुपमा पठाउने निर्णय पनि एन्फाको कार्यसमितिले नै गरेको हो । उहाँको नियुक्तीले नेपाली फुटबललाई फाइदा पुग्छ भन्ने हाम्रो विश्वास हो । यदि घाटा हुने देखियो भने निर्णयमा पुर्नविचार हुनेछ ।’
उनले विधान संसोधनको प्रसगंमा प्रदेश गोष्ठिमा विधानका विषयमा छलफल भएको र त्यहि परिकल्पना अनुसार एन्फाको संरचनाका लागि खाका तयार भएको बताए । पहिला परिकल्पना हुन्छ । त्यसलाई प्रस्तावका रुपमा ल्याएर छलफलमा लगेका छौं, प्रवक्ता राईले शुक्रबार एन्फामा आयोजित पत्रकार सम्मेलनमा भने, सबै विषयमा विशेष साधारण सभामा छलफल हुनेछ । सभाले जे पास गर्छ एन्फाको संरचना त्यस्तै हुनेछ । एन्फाको विशेष साधारण सभा वैशाख ३० गते चितवनमा हुने प्रवक्ता राईले जानकारी दिए ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]