default_image

7 years ago

August 11, 2018

प्रिमियर लिगका १० असफल ट्रान्सफर प्रयास

59 views

0 Bookmark

लन्डन (एजेन्सी) – यस पटकको प्रिमियर लिग सिजनका लागि धेरै क्लबले नयाँ खेलाडी अनुबन्ध गरे । क्लबीच निकै प्रतिस्पर्धा समेत भयो । कीर्तिमानी मूल्यमा खेलाडी अनुबन्धन गर्ने होडबाजि नै चल्यो । थुप्रै नाम चलेका खेलाडी ठूला क्लबसँग अनुबन्ध हुने हल्लासँगै प्रयास समेत गरिएका थिए । तर, ट्रान्सफर विन्डो सकिँदा क्लबहरु नाम चलेका खेलाडी अनुबन्ध गर्नबाट चुकेका छन् । ति अनुबन्धबाट चुकेका १० खेलाडी

१. चेल्सी– एलेक्जान्दर गोलोभिन
चेल्सीले सीएसकेए मस्कोका मिडफिल्डर एलेक्जान्दर गोलोभिनसँग सम्झौता गरेका थिए । तर, उनलाई एएस मोनाकोले २५ मिलियन युरोमा अनुबन्ध गर्यो  । रुसका २२ बर्षीय मिडफिल्डर गोलोभिनलाई रुस विश्वकपको प्रदर्शन देखेर चेल्सीले सम्झौता गरेको थियो । यतिखेर युवा खेलाडी गोलोभिनले लिग–१ खेल्न कदम चालेका छन् । आफ्नो देशबाट बाहिरि क्लबमा अनुबन्ध हुने उनी थोरै रुसी खेलाडी मध्ये एक हुन् ।

२. टोटनह्याम– ज्याक ग्रिलिस
एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रेअलिसलाई यस सिजन टोटनह्यामले मुख्य खेलाडीको रुपमा अनुबन्ध गर्ने बताइएका थियो । नयाँ सिजनभन्दा पहिले माउरिसियो पोचेटिनोले उनलाई भित्र्याउने प्रयास गरेका थिए । तर, क्लब उनको मुल्यमा सहमत थिएन । ज्याकलाई अनुबन्ध गर्न टोटनह्यामले २५ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । दुबै क्लबबीचको सम्झौता नमिल्दा ग्रेअलिस निराश भएका थिए । उनीसँग भिल्लाले नयाँ सम्झौता गर्न सक्ने बताइएको छ ।

३. बार्सिलोना– विलियन
बर्सिलोनाले विलियम भित्र्याउन चेल्सीसँग निकैनै संर्घष गरेको थियो । उनको मुल्यमा सहमत भएको चेल्सी केहि समय पछि आफ्नो मनसाय बदलेको थियो । अनन्त उनी चेल्सीमै रहे । उनको यो चेल्सीमा छैठौ सिजन हो ।

४. चेल्सी– एलिसन
२०१७–१८ को सिजनमा एलिसनको प्रदर्शन सिरी–ए मा निकै नै प्रभावकारी रहेको थियो । यहि प्रदर्शनले उनी यो सिजन धेरै माग भएका गोलकिपर मध्ये एक भए । यस सिजन उनीमाथि प्रस्ताव गर्ने मध्ये एक थियो चेल्सी । ब्राजिलियन गोलकिपर एलिसनलाई चेल्सीले थिबाउट कोउर्टोसको विकल्पको रुपमा हरेको थियो । तर, उनले इंग्लिस क्लब लिभरपुलमा अनुबन्ध भए । उनी लिभरपुलमा ६७ मिलियन पाउण्डमा अनुबन्ध भएका थिए ।

५.चेल्सी– डेनियल रुगानी
माउरिजियो सारीले डेनियल रुगानीलाई भित्र्याउने आफ्नो मुख्य योजना बनाएका थिए । उनका लागि चेल्सीका सिइओ मरिना ग्रानोभस्कैयाले ५० मिलियन पाउण्डको साझो प्रस्ताव गरेका थिए । तर, युभेन्ट्सले उनको प्रस्तावलाई अस्वीकार गरेको थियो । असवीकार पछि एजेन्टले भएका थिए, ‘चेल्सीले वास्तवमा एक ठुलो बोली लगाएको थियो । जो अस्वीकार हुने सम्भावना कम थियो । तर, युभेन्ट्सले उनलाई बेच्न मानेन् ।’

hazard chelsea

६. रियल मड्रिड– इडेन हाजार्ड
रियल मड्रिडले इडेन हाजार्डलाई अनुबन्ध गर्न चेल्सीलाई बारम्बार प्रस्ताव गरेको थियो । तर, रियलको बारम्बारको प्रस्तावलाई चेल्सीले अस्वीकार गरेको थियो । रियल हाजार्डलाई पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डोको स्थानमा अनुबन्ध गर्न चाहन्थ्यो । बार्सिलोना देखी पिएसजी जाँदा नेयमारका लागि पिएसजीले तिरेको रकम रियलले प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्ताव चेल्सीले स्वीकार्न सकेन । यो कदम हाजार्ड र रियल दुबै चाहन्थे । तर, क्लबले नचाहँदा रियलको यो प्रयास असफल भयो ।

७. लिभरपुल– नाबिल फकिर
लिभरपुल र लियोनबीच एक सम्झौता भएको थियो । दुबै क्लबबीचको चर्चा पछि ५३ मिलियन पाउण्डको सम्झौता भएको थियो । उनले सिजनका लागि जर्सी नम्बर समेत छनोट गरेका थिए । तर, उनी मेडिकलमा फेल भए पछि लियोनमै रहन बाध्य भए ।

८.म्यान्चेस्टर युनाइटेड– ह्यारी मगाएर
ह्यारी मगाएरको विश्वकपमा गरेको प्रदर्शनका कारण उनी म्यान्चेस्टर युनाइटेडको नजरमा परेका थिए । उनलाई युनाइटेडले टोबी एल्डरवेरेल्डको विकल्पको रुपमा हेरेको थियो । दुर्भाग्यवाश उनलाई लेस्टर सिटीले बेच्नमानेन र म्यान्चेस्टर युनाइटेड उनलाई भित्र्याउने सपनाबाट बाहिरियो ।

९. म्यानचेस्टर सिटी– जोर्गिन्हो
म्यान्चेस्टर सिटीले नेपोली मिडफिल्डर जोर्गिन्होलाई यस सिजन अनुबन्ध गर्न आफ्नो पहिलो प्राथमिकतामा राखेको थियो र सम्झौता नजिक समेत पुगेका थिए । तर, उनी भन्दा अगाडि चेल्सीले उनलाई अनुबन्ध गर्यो । सिटीका म्यानेजर पेप ग्वार्डिओला निकै निराश भएका थिए ।

१०. म्यान्चेस्टर युनाइटेड– टोबी एल्डरवेरेल्ड
जोसे माउरिन्हो आफ्नो डिफेन्स बलियो बनाउन एक अर्को खेलाडी अनुबन्ध गर्न तयार थिए । सिजन २०१८–१९ का लागि उनले टोबी एल्डरवेरेल्डलाई आफ्नो क्लबमा भित्र्याउने प्रयास गरे । शुरुवाती वार्तामा युनाइटेडले टोटनह्यमा हट्स्पर सहमती रहेको अनुभुत गरेको थियो । तर, दोस्रो वार्तामा टोटनह्यामले उनको प्रयासलाई अस्वीकार गर्यो र युनाइटेड उनलाई भित्र्याउन असफल रह्यो ।

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

Success

Thank you for your time.