7 years ago
August 10, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले नयाँ सिजन २०१८१९ का लागि लियोनल मेस्सीसहित ४ जनालाई कप्तान तोकेको छ । आन्द्रे इनियस्टा बार्सिलोना छाडेपछि बार्सिलोनाले मेस्सीलाई नियमित कप्तान तोकेको हो । इनियस्टा बार्सिलोनासँगको लामो सहकार्यको अन्त्य गर्दै जापानी क्लब भिसेल कोबेमा आबद्ध भएका थिए ।
मेस्सी नयाँ सिजनका लागि नियमित कप्तान हुनेछन् । तर, सर्जियो बुस्केट्स, जेरार्ड पिके र सर्जियो रोर्बेटोलाई पनि आवश्यकता पर्दा कप्तानको जिम्मेवारी दिन सक्ने बताइएको छ । चारै जना क्लबको ला मेसिया एकेडेमीका उत्पादन हुन् । २०१४ १५ मा बार्सिलोनाले जाभी, इनियस्टा, मेस्सी र बुस्केट्सलाई कप्तान बनाउँदै ४ कप्तानको परम्पराको सुरुवात गरेको थियो ।
जाभियर मास्केरानोको ठाँउ रोर्बेटोले लिएका छन् । झन्डै १० वर्षदेखि टोलीका नियमित सदस्य रहेका कप्तानको सुचिमा परेका छन् । २००४ मा १७ वर्षको उमेरमा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सी १४ वर्षपछि टोलीको नियमित कप्तान बनेका छन् ।
त्यसहता सबै प्रतियोगितामा गरि ६ सय ३७ गोल गरेका मेस्सी क्लबकै सर्वाधिक सफल खेलाडी हुन् । उनले टोलीका लागि ५ सय ५२ गोल गर्दै ९ ला लिगा उपाधि र ४ च्याम्पियन्स लिग उपाधि जितेका छन् । नियमित कप्तानका रुपमा मेस्सीले आइतबार सेभियाविरुद्धको स्पेनिस सुपर कप खेल्नेछन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]