7 years ago
August 10, 2018
लन्डन (एजेन्सी)– झन्डै ७६ हजार समर्थकले सद्भाव नराखी बिरोध गरेपछि आर्सने वेन्गरले केहि गर्न सकेनन् । कयौं आवाज उनको विपक्षमा उठ्दा उनको जिद्धि स्वभाव समेत जवाफ बिहिन रह्यो।
सन् २००९ को त्यस दिनमा जब पानीको बोतललाई लात हानेको कारण उनलाई ओल्ड ट्रयाफोर्ड स्ट्याण्डमा लागिएको थियो,त्यस समयमा नै धेरैले वेन्गरको समय सकिएको बुझेका थिए । उनको फुटबल दर्शन प्रमाणिकता र बफादारीताको समिश्रण थियो ।
उनको फुटबल क्रुर भएपनि त्यसमा सम्मान धेरै थियो । वेन्गरले २००० को मध्य तिर चेल्सीबाट च्यालेन्ज पाउँदा मृत्यु बराबर समस्या भोगेका थिए । तर बाँकी समय उनले फुटबलको लागि जे गरे त्यसको लागि उनलाई धन्यवाद दिनै पर्छ।
अर्को तर्फ प्रिमियर लिगको अर्को टोली म्यानचेस्टर सिटिले भने अल्डोराडो भन्दा धेरै महत्वपूर्ण टोली तयार गरेको छ । पेप ग्वार्डिओलाले इंग्ल्याण्डमा पहिले प्रयोगमा नरहेको फुटबल संस्कार भित्राए ।
जस अन्तर्गत खेलमा आफ्नो पोजेसन कायम गरेर विपक्षिलाई जवाफ बिहिन बनाईन्छ । केभिन डी ब्र्युयेनलाई प्लेमेकरको भूमिका खटाएसंगै टोलीले बनाको पोजेसन खतरनाक मुभमा परिणत हुन समय लाग्ने छैन ।
पछिल्लो समय प्रिमियर लिग विजेता टोली लेस्टर सिटीको हलचल र आविष्कारले लिग उत्तेजित बनेको थियो । ४–४–२ को फर्मेसनमा रहेर क्लौडीयो रनियेरिले टोलीका लागि त्यो काम गरे जसलाई अन्य टोलीले बुझ्न सकेनन्।
एक बर्षपछि आन्टोनियो कोंटेले आफ्नो प्रिमियर लिगको टोली चेल्सीमा इटालियन फुटबल संस्कार भित्राउने प्रयास गरे । कुनैपनि टोलीले डिफेन्समा ३ खेलाडीको सामना गर्नुपर्ने बानी रहेको थिएन । अट्याकिंग खेलाडीलाई बिभिन्न स्थानमा परिचालन गर्दा भिक्टर मोजेजलाई विंग(ब्याकको भूमिका दिनु आफैमा खतरनाक चाल थियो ।
वेन्गरजस्तै कोंटे र रनियेरीले पनि आफ्नो शुत्र अन्य टोलीले बुझेपछि फेरी त्यहि शुत्रमा रहेर सफलता हात पार्न सकेका छैनन् । र ग्वार्डिओलाले समेत यो कुराबाट सजक छन् कि यदि सिटीले आफ्नो सफलता दोहोरियाउन नसकेमा उनको नाम समेत वेन्गर, कोंटे र रनियेरीसंगै जोडिने छ ।
अर्का दुई प्रशिक्षक टोटेनह्यामका मौरिसियो पोचेटिन्नो र लिभरपुलका जर्गेन क्लोप्पले खेलमा नयाँपन ल्याएका छन् । खेलाडी छनोटको समयमा धेरै ध्यान पुर्याएको लिभरपुलले यसपटक युवा र उर्जाशिल खेलाडी भित्र्याएको छ। र क्लोप्पको प्रशिक्षणमा टोलि सशक्त बन्ने निश्चित छ।
उनै आर्सनलका इमेरी र चेल्सीका मौरिजियो सर्रीको बिषयमा चाहि के त ?
दुवै प्रशिक्षकले टोलीमा नयाँ दर्शन ल्याउनेछन् तर के त्यसले प्रिमियर लिग जस्तो प्रतिस्पर्धात्मक लिगमा आफ्नो टोलीलाई मझ्बुत बनाउला त भन्ने प्रश्न उठेको छ।
यसअघि कुनै सिजन सुरुहुन अघि सायद यस्ता प्रश्न उठेका थिएनन् । त्यसैले समेत यस सिजनको प्रिमियर लिग नयाँ अध्यायको सुरुवात बन्न सक्छ ।
प्रिमियर लिगमा आजको खेल
म्यानचेस्टर युनाइटेड राती १२ः३० बजे
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]