7 years ago
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली (यु २३) ले थाइल्यान्डमा अर्को मैत्रीपूर्ण खेलमा पनि पराजत भोगको छ । थाइल्यान्डको युवा टोलीसँग शुक्रबारको खेल नेपालले ४–० ले गुमाएको हो ।
यअसघ पहिलो अभ्यास खेलमा नेपाली युवा टोली पुलिस टेरोको ‘बी’ टिम सँग १–० ले पराजित भएको थियो । योसँगै इन्डोनेसियाको जाकार्ता र पालेङबाङमा अर्को महिना सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि नेपालको अभ्यास खेल सकिएको छ ।
नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा सुरु हुने एसिया र त्यसलगत्तै भदौ १९ बाट बंगलादेशमा सुरु हुने साफ च्याम्प्यिनसिपको तयारीका लागि २७ सदस्यीय फुटबल टोलीलाई थाइल्यान्ड पठाएको थियो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ ।
एसियाड भदौ २ बाट औपचारिक रुपमा सुरु भएपनि फुटबल भने केहि दिन अगाडिबाट सुरु हुने बताइएइको छ । एसियाडमा नेपालले समूह ‘डी रहेको जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]