7 years ago
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विना जानकारी जिम्मेवारीबाट हटाइए विषयमा छलफल गर्न राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्य आज नै अखिल नेपाल फुटबल संघ (एन्फा) जाने भएका छन् ।
राष्ट्रिय टोलीको प्रशिक्षकमा कार्यरत रहकै अवस्थामा एन्फाले विना सुचना हटाएको भन्दै सञ्चारमाध्यममा व्यापक आलोचना भएपछि एन्फाले शाक्यलाई छलफलका लागि भन्दै तीन दिन भित्र उपस्थित हुन बिहीबार पत्र पठाएको थियो । एन्फातर्फबाट उपाध्यक्ष पंकज नेम्बाङ र प्रवक्ता किरण राईले शाक्यले छलफल गर्ने बुझिएको छ ।
शाक्यले एन्फाबाट पत्र प्राप्त भएको एक दुई दिनमै छलफलको लागि जाने बताएका थिए । एन्फा प्रवक्ता राईले शाक्यको विषयमा आएका समाचारले ध्यानाकर्षण भएको र छलफलको लागि तयार भएको बताएका थिए । प्रवक्ता राई पनि छलफलबाट समाधान निस्कनेमा एन्फा आशावादी रहेको बताएका छन् ।
एन्फाले शाक्यले राष्ट्रिय टोलीमा सम्हाल्दै आएको प्रशिक्षकको भूमिकामा अर्का प्रशिक्षक बालगोपाल महर्जनलाई नियुक्त गरेको थियो । राष्ट्रिय टोलीका पूर्व कप्तान शाक्यले नेपालले सन् १९९८ र १९९३ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दाका सदस्य हुन् ।
दुवै स्वर्ण पदक जित्ने टोलीमा रहेका दुई मध्येका शाक्य खेलाडी हुन् । अर्का पूर्व खेलाडी उमेश प्रधान अहिले अमेरिकामा छन् । १९९३ मा नेपालले स्वर्ण पदक जित्दा शाक्य कप्तान थिए ।
खेल जीवनपछि लगातार प्रशिक्षणमा रहेका शाक्य नेपालले एएफसी सोलिडारिटी कप जित्दा प्रशिक्षक दिए । त्यस्तै उनकै प्रशिक्षणमा नेपाली यू २३ टोलीले भारतमा दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण पदक जितेको थियो ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]