default_image

7 years ago

August 10, 2018

युवा फुटबल टोलीले आज थाइल्यान्डसँग खेल्दै

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा आयोजना हुने एसियन गेम्स र बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा थाइल्यान्ड भ्रमणमा रहेको नेपाली यु–२३ टिमले आज थाइल्यान्डको यु–२३ टिमसँग दोस्रो अभ्यास खेल खेल्दैछ ।

खेल थाम्मासत युनिभर्सिटी मैदानमा दिउसो २ः४५ बजेपछि शुरु हुनेछ । नेपाल आफ्नो पहिलो अभ्यास खेलमा स्थानिय टोली पुलिस टेरोको ‘बी’ टिमसँग १–० ले पराजित भएको थियो । खेलको ३९ औं मिनेटमा सुमन अर्यालले आत्मघाती गोल गरेपछि नेपाली युथ टोली पराजित हुन पुगेको थियो ।

आजको खेलमा एसियाड फुटबललाई कप्तानको जिम्मेवारी पाएका गोलरक्षक किरण चेम्जोङ खेल्न सक्नेछन् ।  भिसा समस्याका कारण किरण बुधबार मात्र थाइल्यान्ड पुगेका थिए । उनको अनुपस्थितिमा मिडफिल्डर विशाल राईले यु–२३ को कप्तानी गरेका थिए । नेपाली टोली एक साताअघि थाइल्यान्ड पुगेको थियो ।

थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा समूह ‘डी रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

Success

Thank you for your time.