default_image

7 years ago

August 10, 2018

नेपाल र अफगानिस्तानबीच कात्तिकमा मैत्रीपूर्ण फुटबल हुने

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र अफगानिस्तानका राष्ट्रिय फुटबल टोलीबीच कात्तिक अन्तिममा मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाली टोली र अफगानिस्तानबीच कार्तिकको २८ गते खेल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार नवीन पाण्डेले जानकारी दिएका छन् ।

अफगानिस्तान फुटबल संघको प्रस्तावमा मैत्रीपूर्ण खेल हुन लागेको पाण्डेले बताए । खेललाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता लिनका लागि एएफसीमा पत्रचार गरिसकेका छौं, पाण्डेले भने, केहि दिनमा जवाफ आउला । अरु तयारी अघि बढिसकेको छ ।

अफगानिस्तान फुटबल टोली ५ वर्षपछि नेपाल आउन लागेको हो । सन् २०१३ मा साफ च्याम्पियसिपका लागि नेपाल आउँदा अफगानिस्तान टोली पहिलो पटक च्याम्पियन बनेको थियो । त्यति बेला दशरथ रंगशालामा नेपाललाई सेमिफाइनलमा टाइब्रेकरमा हराउँदै अफगानिस्तान फाइनल पुगेको थियो ।

रोहित चन्दले दुई पटक पेनाल्टी चुकाएपछि नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने अवसरबाट बञ्चित भएको थियो । जसका कारण रोहित निकै आलोचित बनेका थिए । फाइनलमा टोलीले भारतलाई हराएको थियो । अहिले भने अफगानिस्तान साफ च्याम्पियनसिपबाट अलग भइरहेको छ ।

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

Success

Thank you for your time.