7 years ago
August 9, 2018
मोनाको (एजेन्सी) – यसै महिनाको अन्तिममा घोषणा हुने युइएफए च्याम्पियन्स लिग अवार्डको मनोनयनमा स्पेनिस क्लब रियल मड्रिडका खेलाडीले वर्चस्व जमाएका छन् । अवार्डको चार विधा (गोलरक्षक, डिफेन्डर, मिडफिल्ड र फरवार्ड) मा च्याम्पियन्स लिग विजेता रियल मड्रिडका सात खेलाडी मनोनयनमा परेसँगै मनोनयमा रियलका खेलाडीले वर्चस्व जमाएको हो ।
रियलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो (हाल युभेन्ट्स), केलर नाभास, मार्सेलो, राफेइल भरान, सर्जियो रामोस, टोनी क्रुस र लुका मोड्रिच अवार्डको विभिन्न विधामा मनोनयनमा परेका हुन् । यस्तै मनोनयनमा बार्सिलोनाका लियोनेल मेस्सी, लिभरपुलका मोहम्मद सलाह, म्यानचेस्टर सिटीका केभिन डि ब्रुयन, रोमाका एलिसन बेकर र युभेन्टस्का जियानलुजी बुफोन मनोनयनमा परेका छन् ।
च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका ग्यारेथ बेल मनोनयनमा पर्न असफल रहे । उनी च्याम्पियन्स लिगका ३२ टिमका ३२ प्रशिक्षक र युइएफएका सदस्य राष्ट्रका ५५ जना पत्रकारको नजरमा पर्न असफल रहे ।पोजिसन अवार्डको डिफेन्डरको मनोनयनमा रियलले क्लिन स्वीप नै गरेको छ ।
यस्तै युरोपा लिगको प्लेयर अफ दि सिजनको लागि स्पेनिस क्लब एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान, डिएगो गोडिन र मार्सेलीका डिमिट्री पायटबीच प्रतिस्पर्धा हुनेछ । अवार्ड च्याम्पियन्स लिग र युरोपा लिगको नयाँ सिजनको समूह चरण विाजन हुने दिन अगस्ट ३० र ३१ तारिखमा मोनाकोमा हुनेछ ।
गोलकिपर मनोनयनः एलिसन बेकर (रोमा हाल लिभरपुल), जियानलुजी बुफोन (युभेन्टस् हाल पेरिस सेन्ट जर्मेन (पिएसजी)) र केलर नाभास (रियल मड्रिड)
डिफेन्डर मनोनयनः मार्सेलो (रियल मड्रिड), सर्जियो रामोस (रियल मड्रिड) र राफेइल भरान (रियल मड्रिड)
मिडफिल्डर मनोनयनः केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), टोनी क्रुस (रियल मड्रिड) र लुका मोड्रिच (रियल मड्रिड)
फरवार्ड मनोनयनः लियोनेल मेस्सी (बार्सिलोना), क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड हाल युभेन्टस्) र मोहम्मद सलाह (लिभरपुल)
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]