default_image

7 years ago

August 9, 2018

साफ यु–१५ महिला फुटबल च्याम्पियनसिप: भारत र बंगलादेशको गोलको वर्षा

73 views

0 Bookmark

थिम्पु (हाम्रो खेलकुद) – भुटानमा आजबाट शुरु भएको १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा साविक उपविजेता भारत र बंगलादेश फराकिलो जित दर्ता गरेको छ ।

थिम्पुको चाङलीमिथाङ रंगशालामा भएको उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२—० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।  भारतले खेलको पहिलो हाफमा ६ गोल गर्दा दोस्रो हाफमा पनि ६ गोल नै थप्यो । भारतको लागि कप्तान सिल्की देवीले ह्याट्रिक पूरा गरिन् । उनले खेल सुरुवाती पहिलो मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । त्यस्तै उनले खेलको २० र ४४ औँ मिनेटमा दुई गोल थपिन ।
त्यसैगरी अभिका सिहं, सुनिता मुन्डा र अन्जुले समान दुई गोल गरिन् । अभिकाले खेलको खेलको १४ र ५९ औँ मिनेटमा गोल गरिन् । सुनिताले खेलको ४२ र ७९ तथा अन्जुले खेलको ८७ र ८९ औँ मिनेटमा गोल गरिन् । लेन्डा कोमले खेलको छैटौं मिनेटमा, ४७ औं मिनेटमा कृतिना देवी र खेलको ७२ औँ मिनेटमा किरणले गोल गर्दै टिमलाई फराकिलो जित दिलाईन् ।  श्रीलंकाले खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई समेत सदुपयोग गर्न सकेन ।
बिहिबारै भएको दोस्रो खेलमा साविक विजेता बंगलादेशले पाकिस्तानमाथि १४–० को फराकिलो जित दर्ता गरेको छ । बंगलादेशको जितमा सामसुननाहेले चार गोल गरिन् । उनले खेलको ५०, ५४, ५७ र ९० औँ मिनेटमा गोल गरिन् । त्यस्तै तुहुरा खातुन, साजेदा खातुन र अन्नी मोगिनीले पनि दुई दुई गोल थपे । तुहुराले खेलको ५ र १९ र साजेदाले खेलको ४८र ५८ तथा अन्नीले खेलको ६० र ८८ मिनेटमा गोल गरिन् । मोनिका चक्माले खेलको १७, सामसुन्नाहरले खेलको ३१, मारिया मान्डाले खेलको ३९ र मोस्सामम्त अखी खातुनले खेलको ४० औँ मिनेटमा गोल गरे ।
नेपालले भोलि पाकिस्तानसँग साँझ ७ बजे खेल्नेछ ।

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

Success

Thank you for your time.