7 years ago
August 9, 2018
बार्सिलोना (एजेन्सी)– मिडफिल्डर फिलिपे काउटिन्होलाई बार्सिलोनाबाट नयाँ सिजनमा ७ नम्बर जर्सी लगाउने भएका छन् । लिभरपुलबाट बार्सिलोना पुगेयता उनले १४ नम्बर जर्सी लगाउँदै आएका थिए ।
बार्साबाट ७ नम्बर जर्सी लगाउने मिडफिल्डर अर्दा टुरान लोनमा इस्तानबुल बासकसेहिर पुगेपछि काउटिन्होलाई त्यो नम्बरको जर्सी लगाउन बाटो खुलेको हो । टुरानले बार्सामा ला लिगाका दुई सिजनका ३६ खेल खेल्दै ५ गोल गरेका थिए ।
यसअघि बार्सिलोनाले ले एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजम्यानका लागि ७ नम्बर जर्सी दिने सोच बनाएको थियो । तर, उनी एट्लेटिकोमै रहने भएपनि काउटिन्होले त्यो नम्बर पाएका हुन् ।
बार्सिलोनामा यसअघि डेभिड भिल्ला, लुइस फिगो जस्ता खेलाडीले लगाएका थिए । जनवरीमा लिभपुलबाट बार्सिलोना पुगेयता काउटिन्होले टोलीका लागि २२ खेलमा १० गोल गरिसकेका छन् । गत सिजननै लिभरपुलबाट उनले प्रिमियर लिगका १४ खेलमा ७ गोल गरेका थिए ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]