7 years ago
August 9, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड विश्वकै सबैभन्दा उत्कृष्ट क्लब मध्य एक हो भन्नेमा दुईमत छैन । विश्वका धेरै महान फुटबल खेलाडीले यस क्लबबाट खेलेका छन् ।
घरेलु प्रतियोगितामा रियलले ६४ उपाधि जितेको छ जसमा ३३ लिग उपाधि सेमत समावेश छन् । युरोपियन इतिहासमा रियलले २५ उपाधि हात पार्दा १३ पटक युरोपियन कप र च्याम्पियन्स लिगको उपाधि बिजेता बनेको छ । सन् २००० डिसेम्बर ११ मा रियल म्याड्रिडलाई २० औं शताब्दिको उत्कृष्ट कल्ब घोषित गरिएको थियो ।
त्यसयताको १० बर्षमा भने रियलले मात्र ३ पटक ला लिग उपाधि उचालेको छ । लिग टाइटल जित्न नसक्नु रियलका लागि पछिल्लो केहि वर्ष चिन्ताको विषय बनेको छ । रियल म्याड्रिडको चिर परिचित प्रतिद्वन्द्वी बार्सिलोनाले भने पछिल्लो केहि बर्षमा इनिएस्टा, मेस्सी, जाभी र अन्य खेलाडीहरुको प्रेरणामा लगातार सफलता हात पारेको छ ।
यी हुनसक्छन् ५ कारण जसले गर्दा रियलले ला लिगा २०१८/१९ नजित्न सक्छ :
५) रोनाल्डोको अभाव
सन् २००९ मा त्यस समयको महँगो मूल्य चुकाएर क्रिस्टियानो रोनाल्डोलाई टोलीमा भित्राएको रियलले रोनाल्डोकै सहयोगमा २ ला-लिगा उपाधि, २ कोपा डेल रे उपाधि र ४ पटक च्याम्पियन्स लिगको उपाधि हात पार्न सफल भयो । रोनाल्डो रियलमा रहँदासम्म उनि क्लबका सबैभन्दा उत्कृष्ट खेलाडी रहेका थिए ।
रियलको नाम रोनाल्डोसँग जोडिएर मात्र आउने गर्दथ्यो । अहिलेभने रोनाल्डोले जुभेन्टसमा आबद्ध हुन् रियल छाडेका छन् । रियलको उपाधिमा यात्रामा रोनाल्डोको अभाव पक्कै खड्किने छ ।
४) जुलेन लोपेटेगुई
सन् २०१८ विश्वकप सुरुहुन अघि रियलले पुर्व रियल म्याड्रिड तथा बार्सिलोनाका खेलाडी हुलेन लोपेटेगुईलाई प्रशिक्षकका रुपमा नियुक्त गर्यो । रियलमा आबद्ध भएकै कारण उनले स्पेनको राष्ट्रिय टोलीको व्यवस्थापकको भूमिकाबाट समेत हट्नु परेको थियो । उनको व्यवस्थापनमा कुनैपनि टोलीले जितेको सबैभन्दा ठुलो उपाधिनै यु-१९ र यु-२३ युरोपियन च्याम्पियनसिप मात्र हो । पोर्टोलाई च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुर्याउन बाहेक उनले ठूलो क्लबमा रहेर खास केहि छाप छोड्न सकेका छैनन् ।
३) बेलको चोट र फर्म
सन् २०१३ सेप्टेम्बर १ मा टोटनह्यामबाट १०० मिलियन युरोमा रियल भित्रिएका बेलले टोटनह्याममा हुँदा पाएको सफलता र लयमा रियलमा पाउन सकेका छैनन् । यसको एउटा मात्र कारणको उनको चोट । च्याम्पियन्स लिग र अन्य लिगमा रियलका लागि धेरै गोल गरेपनि बेल रोनाल्डोको छायाँबाट माथि उठ्न सकेका छैनन् । यदि उनको स्थानमा रियलले अरुकुनै खेलाडी नलिने हो भने बेलमा अझ बोझ थपिने निश्चित छ ।
२) मजबुत प्रतिस्पर्धा
ला लिगमा रियल म्याड्रिडको प्रतिस्पर्धी बार्सिलोना र ए. म्याड्रिड मात्र हुन् । एटलेटिको म्याड्रिडले यस सिजन लेमार, रोड्री, क्यास्ट्रो, एडन र जेल्सन मार्टिन्सलाई भित्र्याएको छ । यस्तै बार्सिलोनाले भने माल्क्म, लेंग्लेट, अर्थर र एन्टोनियो भिडाललाई सामे गरेको छ । दुवै टोलीले आफ्नो मुख्य समस्यालाई समाधान गर्ने प्रयास गरेका छन् र पेपरमा दुवै टोलि रियलभन्दा बलियो देखिन्छन् ।
कोर्टुवा भिनिसियस र ओड्रीओजोलालाई टोलीमा ल्याउनका बाबजुद रियलको समस्या समाधान भएको देखीदैन । रियललाई अझ रक्षापंक्तिका खेलाडी र बेन्जिमालाई साथदिने अट्याकिंग खेलाडीको खाँचो छ ।
१) कम्जोर आक्रमण पंक्ति
रियल म्याड्रिडको नाममा कम्जोर आक्रमणलाई जोड्नु लज्जास्पद हुनजान्छ । टोलीमा इस्को, बेल, बेन्जिमा, एसेन्सियो, बोर्जा र भाज्क्वेज जस्ता खेलाडी भएपनि लामो समय चल्ने लिगमा उनीहरु धेरै गोल गर्न विफल रहेका छन् ।
सबै खेलाडीहरु छोटो समयको प्रतियोगिता जित्न माहिर छन् र ३८ खेल लामो लिगमा उनीहरुबाट लगातार गोल आएको छैन । रोनाल्डो टोलीमा रहँदा बेन्जिमाले आफ्नो शैली परिवर्तन गर्नु परेको थियो तर अब उनीमा गोल गर्ने अझ धेरै जिम्मेवारी बढेको छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]